हिजो २०८१ चैत १५ गते काठमाण्डौमा पूर्व राजावादीहरुको आयोजनामा भएको हिंसात्मक गतिविधि र त्यसबाट उत्पन्न परिस्थिति प्रति मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकका अध्यक्ष नातीबाबु धितालले आज बिज्ञेप्ती जारी गरी यस्तो ध्यानकर्षरण भएको जनाउँनु भएको छ ।

उँहा द्धारा जारी बिज्ञेप्तीमा नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरुमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरु तोडफोड गर्ने, निजि ब्यवसायहरु माथी लुटपाट गर्ने, सार्वजनिक तथा निजि सम्पत्ति तोडफोड गर्ने, कार्यस्थलमा खटिएका पत्रकारहरुलाई जलाएर हत्या गर्ने, मानवअधिकार रक्षकहरु माथि कुटपिट गरि आक्रमण गर्ने र आम नागरिकहरुमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता बिरोधी गतिविधिहरु हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरु हुन् । यस प्रकारका गतिविधिले मानवअधिकारका आधारभूत सिद्धान्तहरुको ठाडो उल्लंघन गरिएको छ । नेपालका नागरिक संघसस्थाहरु जस्तोसुकै अवस्थामा पनि मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालिको पक्षमा रहेका छन् । यसर्थ मानवअधिकार एलाइन्स समग्र नागरिक समाज संस्थाहरुलाई लोकतन्त्रको बिरुद्धका कुनै पनि नाममा हुने हिंसात्मक आन्दोलनको विपक्षमा उभिन आह्वान गर्दछ । हिंसात्मक र विध्वंशात्मक गतिविधिमा संलग्न पक्षहरुलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्स नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । साथै शान्तिपूर्ण रुपमा भेला तथा प्रदर्शन गर्न पाउने जस्ता संवैधानिक मौलिक स्वतन्त्रताको सम्मान गर्न तथा जनताका आधारभूत मानवअधिकारको रक्षा गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न सम्वन्धित सबै पक्षहरुसँग मनवअधिकार एलाइन्स सिन्धुपाल्चोक जोडदार माग गर्दछ भनीएको छ ।
