सम्पर्क

डडुवामा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका –१४ को आर्थिक सहयोग र नेत्रज्योती मिडिया हाउसको समन्वयमा बिहिवार १४ नं. वडाका वडाध्यक्ष उद्धव नेपाल नेपाल बार एशोसियशन जिल्ला वारका अध्यक्ष भूपेन्द्र बहादुर थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल बार एशोसियशन जिल्ला वारका अध्यक्ष भूपेन्द्र बहादुर थिङले कानुनी परामर्श, साइबर अपराध र आत्महत्याबारे कानुनी परामर्शबारे जानकारी दिनुभयो ।
आत्महत्याबारेमा स्थानीयहरूलाई थप जानकारी दिदै सामाजिक सञ्जाल चलाउदा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । फेसबुक, भाइबर, इमेल, इन्टरनेटलगायतका सबै सञ्चारको माध्यामहरू चलाउदा विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनु भएको थियो ।
मानिसको चरित्रहत्या हुने खालको पोष्ट हरू गर्न र नहुने र अनावश्यक कुराहरु सामाजिक सञ्जालमा राखेमा कानुनी अपराध लाग्ने जानकारी दिनुभयो । उहाँले व्यवहारीक जीवनमा लागुहुने तमसुक, बकसपत्र, लगायत आर्थिक लेनदेन गर्दा १ लाख भन्दा बढि पैसा लिन वा दिन परे चेकमार्फत् कारोबार गर्दा भरपर्दो र विश्वाससिलो हुने बताउनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उदव नेपालले कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम कार्यक्रम प्रभावकारी रहेको र सबैले कानुनी परामर्श लिनु जरुरी रहेको बताउनु भएको छ । साथसाथै वन ढडेलोबाट जोगिन सबैमा आव्हान गर्नु भएको छ । वन तथा जंगल सरक्षण गर्न सबै तह र तप्का ध्यान दिनुपर्ने बताउनु भएको छ । नेत्रज्योती मिडिया हाउस प्रा.लिका कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संचालन नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो ।