सम्पर्क

ब्रेकिङ न्युज १

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १८ जेठः काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।rss...

‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ’

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), १७ जेठः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताउनुभएको छ । न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उहाँको भनाइ छ । न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गर्नुभयो । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो...

चौतारा साँगाचोकगढीमा कफि बिरुवा रोपण, कृषि सामग्री वितरण र सार्वजनिक सुनुवाइ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, वैशाख १६ — कफि सहकारी संघको आयोजनामा बागमति प्रदेश कृषि तथा पसुपन्छी मन्त्रालयको समुदाएमा आधारित एक वडा – एक कृषि उत्पादनको अवधारणा अनुसार कृषि विकास कार्यलय धुलिखेल र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका–१० को समन्वयमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कफिको बिरुवा रोपण, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरल सहयात्री, विशेष अतिथि बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वो (तामाङ), कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख पदमप्रसाद नेपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।प्रद...

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १५ जेठः सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट पाउने भएका छन् । त्यस्तै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था ल्याइएको छ । नेपालमै बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था पनि सरकारले ल्याएको छ । बजेट वक्तव्यअनुसार रू १० करोडसम्मको वार्षिक कार...
इर्खु माबी लाइ गिरी परिबारको सहयोग

इर्खु माबी लाइ गिरी परिबारको सहयोग

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ मा रहेको इर्खु माध्यमिक बिद्यालयलाइ समाज सेबी हरिशरण गिरी र उाहाको श्रीमती शान्ती गिरी ले नेपाल बाल बालिका –नेपालकिड्स) नामक सस्था मार्फत बिद्यालयलाइ सोलार प्यानल इन्भर्टर सेट हस्तानन्तरण गर्नु भएको छ । जिल्लाको कदमबासमा जन्मन् भइ काठमाण्डौमा बसोबार गर्नु हुने गिरीले यस अघी पनी बिद्यालयहलाइ आबश्यकताका आधारमा सहयोग गर्दे आउँनु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा इर्खु माध्यमिक बिद्यालयका प्रअ र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाइ करिब सातलाख मुल्य बराबरका सोलार व्याकप सेट हस्तानन्तरण गर्नु भएको हो । सोलार व्याकप सेट हस्तानन्तरण गर्दै प्रमुख अतिथी वडाअध्यक्ष दंगालले शिक्षा सिकाइका लागी यस अघी पनी उँहाहरुबाट बिद्यालयलाइ कम्पुटर १५थान उपलब्ध गराउँनु ...

र्‍यापर मञ्जली तामाङको ‘चेन्ज माइ नेसन’

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
र्‍यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन' (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । यो गीत नेपाली हिपहपको इतिहासमा एउटा नयाँ र क्रान्तिकारी अध्याय को रूपमा उदाएको छ । गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाज सँगै मञ्जली तामाङ (Lady Rapper) को जोशिलो र शक्तिशाली र्याप ले गीतमा साँच्चै आगो हालिदिएको छ। रिजन बडुको सपोर्ट भोकल र जिवन बडुको कुशल संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङले यस गीतलाई अत्यन्तै व्यावसायिक र श्रोतालाई तान्ने खालको बनाएको छ । विवेक लोप्चनको मर्मस्पर्शी लेखन र संगीतमा तयार भएको यस गीतले नेपाली युवाहरूको आवाजलाई विश्वमञ्चमा बुलन्द गरिरहेको छ। विशेषगरी, अंग्रेजीमा आधारित भए पनि यसमा हिन्दीको 'टच' रहनुले यसलाई अझ बढी अन्तर्राष्ट्रिय बनाएको छ, जसले भाषाको सीमा नाघेर व्यापक दर्शकमाझ पुग्न मद्दत पुगेको छ । गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावश...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
 चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि, प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको हो । रातो पेटीबाट रातो कालो पेटीमा रेगिना गुरुङ र युग काफ्ले उतिर्ण हुन सफल भएको छ । त्यस्तै निभा श्रेष्ठ र विजय श्रेष्ठ रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । प्रथम डान कालो पेटि बाट दोस्रो डान कालो पेटीमा कुशल ढुंगाना उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको थियो ।...

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

ब्रेकिङ न्युज १, समाचार
यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भन्नुभयो, “गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।” पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उहाँले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस...

कांग्रेसद्धारा समाचारको निन्दा र भत्र्सना

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । नेपाली काँग्रेसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले एक बिज्ञेप्ती प्रकाशीत गर्दै यस्तो बताउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैति...