सम्पर्क

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

 चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि, प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको हो ।

रातो पेटीबाट रातो कालो पेटीमा रेगिना गुरुङ र युग काफ्ले उतिर्ण हुन सफल भएको छ । त्यस्तै निभा श्रेष्ठ र विजय श्रेष्ठ रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ ।

प्रथम डान कालो पेटि बाट दोस्रो डान कालो पेटीमा कुशल ढुंगाना उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको थियो ।