सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ मा रहेको इर्खु माध्यमिक बिद्यालयलाइ समाज सेबी हरिशरण गिरी र उाहाको श्रीमती शान्ती गिरी ले नेपाल बाल बालिका –नेपालकिड्स) नामक सस्था मार्फत बिद्यालयलाइ सोलार प्यानल इन्भर्टर सेट हस्तानन्तरण गर्नु भएको छ । जिल्लाको कदमबासमा जन्मन् भइ काठमाण्डौमा बसोबार गर्नु हुने गिरीले यस अघी पनी बिद्यालयहलाइ आबश्यकताका आधारमा सहयोग गर्दे आउँनु भएको थियो ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा इर्खु माध्यमिक बिद्यालयका प्रअ र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाइ करिब सातलाख मुल्य बराबरका सोलार व्याकप सेट हस्तानन्तरण गर्नु भएको हो । सोलार व्याकप सेट हस्तानन्तरण गर्दै प्रमुख अतिथी वडाअध्यक्ष दंगालले शिक्षा सिकाइका लागी यस अघी पनी उँहाहरुबाट बिद्यालयलाइ कम्पुटर १५थान उपलब्ध गराउँनु भएको र अहीले बत्ती गइरहेर कम्प्युटर सिकाइमा समस्या परेको बेला सोलार सेटको ब्यवस्था गरिदिएर बिद्यालयलाइ सहयोग गरिदिएकोमा बिशेष धन्यबाद दिदै बिद्यालयको शिक्षा शिकाइमा ठुलो योगदान पुगेको बताउँनु भयो । बिद्याालय व्यवस्थापन समितीका अध्यक्ष भगवान खड्का प्रधानध्यापक प्रकाश दगांल, शिक्षक अभिभावक सघंका अध्यक्ष धन बहादुर तामागं , बिव्यस सदस्य युनिक तामागं लगाएतलाइ नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले प्मुख अतिथी अमृत दगांल मार्फत सोलार व्याकप सेट सामाग्री हस्तानन्रण गर्नु भएको हो । वडा सदस्यहरु कार्सागं तामागं,चन्द्रमाँया नेपाली लगाएत शिक्षक बिद्यार्थी अभिभावकहरुको उपस्थितीमा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै बिद्यालयका प्रअ प्रकाश दगांलले भोक लागेको बेला पाएको खानाको छुटै स्वाद र महत्व हुने उदाहरण प्रस्तुत गर्दे बिद्यालयलाइ अति आबश्यक परेको कम्प्युटर र सोलार, ब्याकप सेट ले सोही भुमिका खेलेको हुँदा यो एैती हासीक र अती महत्वपुर्ण सहयोग भएको बताउँनु भयो । बिद्यालयका शिक्षक यमराज बिकले सञ्चालन गर्नु भएको कार्यक्रममा बोल्दै सहयोगी हरिशरण गिरीले बालबालीका क्षेत्रमा सहयोग गर्न पाउँदा आफ्लाइ ख्शी लागेको र यो अबशर जुटाइदिनुहुने वडा अध्यक्ष तथा पुर्ब प्रअ अमृत दगांललाइ बिशेष धन्यबाद दिनु भयो । कार्यक्रमको सामापन गर्दै शिक्षक अभिभाक सघका अध्यक्ष धन बहादुर तामागंले शिक्षा सिकाइका लागी सामाग्री मात्र पर्याप्त भएर हुँदैन शिक्षक बिद्यार्थी अभिभावक सबैले चाहेको खण्डमा मात्र गुणस्तरिय शिक्षा प्राप्त हुने भएकाले यस तर्फ अभिभावकले चासो दिन पर्ने बताउँनु भयो ।बिद्यालयलाइ कम्प्युटर सोलार व्याकप सेट उपलब्ध गराएर सहयोग गरेकोमा बिद्यार्थीहरुले स्वागत गर्दे धन्यवाद पत्र प्रदान गरिएको थियो भने बिद्यालयबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेत्रज्योती कृषी सहकारी सस्था ले कृषी उत्पादनमा आधारित २२हप्ते तालिममा सहभागीहरुलाइ समेत प्रमाण पत्र बितरण गरिएको थियो ।
