सिन्धुपाल्चोक, वैशाख १६ — कफि सहकारी संघको आयोजनामा बागमति प्रदेश कृषि तथा पसुपन्छी मन्त्रालयको समुदाएमा आधारित एक वडा – एक कृषि उत्पादनको अवधारणा अनुसार कृषि विकास कार्यलय धुलिखेल र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका–१० को समन्वयमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कफिको बिरुवा रोपण, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरल सहयात्री, विशेष अतिथि बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वो (तामाङ), कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख पदमप्रसाद नेपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।प्रदेश सांसद सरल सहयात्रीले कफि खेतीले गाउँमा रोजगारी सिर्जना गर्दै युवालाई देशमै राख्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
“हामी कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणतर्फ लाग्नुपर्छ “कफिजस्ता उच्च मूल्यका बालीले गाउँको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ।” भन्नु हँुदै प्रदेश सरकारबाट आवश्यक नीति, कार्यक्रम तथा बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा ले नगरान कुनै पनी मानीसको खेतीयोग्य जमीन बाँझो नराखुन भन्दै नगरबाट कृषी उत्पादनमा प्रोत्साहन स्वरुप बिभिन्न तरिकाबाट अनुदान सहयोग गरिरहेको बताउँनु भयो । यसै गरी वडा अध्यक्ष निलबहादुर तामाग सुमनले आफ्नो वडा भित्रका कृषकलाइ माग अनुसार आबश्यक सहयोग गरिरहेको र आगामी बर्ष पनी कृषी उत्पादनमा बिशेष प्राथमिकताका साथ बजेट बिनीयोजन गरिने बताउँनु भयो । कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले किसानलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको उल्लेख गर्दै कृषि सामग्री वितरण मात्र नभई नियमित प्राविधिक सहयोग पनि सुनिश्चित गरिने जानकारी दिनु भयो । “हामी किसानसँग सहकार्य गर्दै, आवश्यक तालिम, सल्लाह र प्रविधिमा पहुँच पु¥याउन कटिबद्ध छौं,” दवाडीले बताउँनु भयो ।बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वोले कफि उत्पादनको सम्भावना उच्च भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आवश्यक रहेको समुदायमा आधारित एक वडा एक कृषि उत्पादनको अवधारणा अनुसार यश वडामा पन्च वर्षे योजना सुरू गरपएको बताउँनु भयो । “प्रदेश सरकार स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छ,” उहाँले भन्नु भयो “कफिको गुणस्तर सुधार, बजार व्यवस्थापन र निर्यातसम्मका चरणमा साथय दिन तयार छौं।” कार्यक्रमको अध्यक्षता कफि संघका अध्यक्ष मन्दु थापाले गर्नु भएको थियो ।कार्यक्रममा स्थानिय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अबशरमा थापाले कार्यक्रमको समापन गर्दै सहभागी सबैप्रति आभार प्रकट गर्नु भयो । कफि खेतीलाई दीर्घकालीन आयआर्जनको श्रोत बनाउन सहकार्य र निरन्तर प्रयासको आवश्यकता बताउदै कार्यक्रम समापन गर्नु भएको थियो। यसै बिच समाज सेबी भुपेन्द्र थापा ब्यपार सँगै कृषी पेसामा लाग्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारमा निर्मााण सामाग्रीहरुको बिक्रेता समाज सेबी भुपेन्द्र थापाले नगरका कुनै पनी नागरिककले जग्गा बाँझो राखेर बेरोजगार हुन नपरोस भन्दै आफु अब यो अभियानमा पनी लाग्ने बताउँनु भएको छ । थापाले अरुलाइ गर भन्नु भन्दा पहीले आफुले गर्न पर्छ भन्नु हुँदै चौतारा साँगाचोकगढी नगरपालिका १०मा ३०रोपनी जग्गा खरिद गरेर कफी खेती गर्न शुरु गर्नु भएको छ । जिल्ला कफी ब्यवसायी सघंका अध्यक्ष मन्जु थापा को बिशेष सक्रियतामा ७००० कफीको बिरुवा रोप्न लागीएको बताउँदै थापाले यसै बर्ष देखी हेरालु समेत राखेर काम गर्ने यसको लागी स्थानीयले रोजगार समेत पाउँने बताउँनु भयो । उँहाले हामी नेपालहिरुको उत्पादनमुलक जग्गा छोडेर लाखौ खर्च गरेर बिदेस गएर खेती गर्छाै तर यँहा आफ्रनै जग्गामा खेती गर्दैनौ भन्दै अब सबैले आआफ्ना् जग्गामा ज् उत्पादन हुन्छ त्यही उत्पादन गरेर आत्मा निर्भर बन्न पर्ने बताउँनु भयो ।
