सम्पर्क

ब्रेकिङ न्युज १

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २० साउन : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक कामगर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गत वर्षको प्राकृतिक विपद्, स्रोतको सीमितता र प्राविधिक जटिलतासहितका थुप्रै चुनौतीहरूको सामना गर्दै, मन्त्रालय सहित विभाग देशव्यापी रूपमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । यो हाम्रा लागि निकै खुशीको विषय हो ।” गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितत...
कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएको उहाँको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।...
सिन्धुपाल्चोकमा ३ सडकको बहुवर्षीय गर्ने प्रक्रिया शुरु

सिन्धुपाल्चोकमा ३ सडकको बहुवर्षीय गर्ने प्रक्रिया शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका तीन वटा सडकहरू बहुवर्षीय गरी निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । यसै आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी मेलम्ची हेलम्बु सिन्धुपाल्चोक सडकको लागि २६ करोड ९० लाख लाई बहुवर्षीय गरी १ अरब ७ करोड ६० लाख बजेट सुनिश्चित गरी टेन्डर गर्न, मेलम्ची थाङपालधाप थाङपालकोट भोताङ लार्के सडक ६ करोड बजेट विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी २४ करोड को टेन्डर गर्न र . फट्टै दाउचेत केउरिनी बाँसखर्क बरुवा बोलगम ल्यांग्री सडक सिन्धुपाल्चोक लाई ४ करोड विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी १६ करोडको टेन्डर गर्न प्रक्रीया अगाडी बढाउँने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी गराउँनु भएको पुर्ब जिसस प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनु भयो । उँहाले पुर्ब मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा ,पाँचपोखरीथाम्पालधाप गाँउपालिका अध्यक्ष टासी लामा, बालकृ...
बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो ।उहाँले भन्नुभयो, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।”सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।धार्मिक, सांस्कृतिक र सा...

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव सङ्कलन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले सङ्घीय संसदमा विचाराधीन रही हाल छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव लिएको छ । काउन्सिलमा शुक्रबार आयोजित कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष, वर्तमान उपाध्यक्ष तथा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग सुझाव लिइएको हो ।कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष हरिहर विरहीलेअन्य कानुनबाट पत्रकारलाई नियन्त्रण गर्न सकिने अवस्था नरहेपछि सरकारले मिडिया काउन्सिलका माध्यमबाट नियन्त्रणको प्रयास गरेको देखिएको बताउनुभयो । उहाँले सरकार नियन्त्रित भएर स्वतन्त्रतापूर्वक काम गर्न नसकिने भएकाले मिडिया काउन्सिलजस्ता कानुन निर्माणका क्रममा सजग हुनुपर्ने भन्दै नियुक्ति सरकारले स्वेच्छाले, सञ्चालन सरकारको बजेटबाट अनि कसरी स्वायत्त स्वतन्त्र भएर काम गर्छ ? भनी प्रश्नगर्नुभयो । अहिलेकै अवस्थामा खराब विधेयक आउनुभन्दा बरू...

ईकु पहिरोले कोदारी सडक पूर्णरूपमा अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अन्तर्गतको ईकु क्षेत्रमा आईतबार बिहान ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आईतबार बिहान करिब ५ः२० बजे आएको निरन्तर वर्षापछि माथिबाट ठूलो परिमाणमा खसेको पहिरोले सडक पूरै ढाकेकाले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार सडक खुलाउन तत्काल सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीहरूको सहकार्यमा पहिरो पन्छाउने प्रयास भइरहेको  छ । अरनिको राजमार्ग चीनसँग जोडिने प्रमुख नाका कोदारी जाने मार्ग भएकाले सडक बन्द हुँदा नेपाल–चीन व्यापार तथा आवागमनमा समेत असर परेको छ ।...

हाँडी खोलामा पुलको लागी पहल शुरु

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सँगाचोकगढी नगरपालिका वडा नं १३ र १४ को बिचमा पर्ने हाडी खोलामा पुल राख्नका लागी पहल शुरु गरिएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले उक्त पहल शुरु गर्नु भएको हो । पुर्ब मन्त्री तथा नेकपा एमालेका स्थाइ कमीटी सदस्य शेर बहादुर तामाङलाइ सिमखेत तारीका डाँडामा लगेर त्यँहाबाट पुल हाल्नका लागी पहल गरिदिन वडा अध्यक्ष नेपालले अनुरोध गर्नु भएको हो । स्थानीय समाजसेबी सहीतका टोलीले स्थलगत अनुगमन गरेको र उक्त स्थानमा पुलको अती अआबश्यक रहेको बताएका छन । यस सन्धर्भमा पुर्ब मन्त्री तामाङले आफुले तत्कार यो बिषयमा पहल थालनी गर्ने बताउँनु भयो । उक्त स्थानमा पुल रँहदा स्थानीय हरु बिशेष गरी कृषकहरुलाइ ठुलो सहयोग हुने भएको छ ।यस अघी श्रावण १५ गते कृषकको चाडकै रुपमा रहेको खिर खाने कार्यक्रम अन्तरगत १४ नं वडामा आइ पुग्नु भएका तामाङले कार्यबर्ता भेटघाटमा बोल्दै ...

बाह्रबिसे ३ का सुनौलो हजार दिनका आमाहरुलाई बाख्रा बितरण

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
हिरा खड्का बाह्रबिसे–बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिने विपन्न परिवारका आमाहरुका लागी बाख्रा पालन सम्बन्धि छलफल एबंम् अन्तक्रिया तथा वितरण कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ । कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका सुनौलो हजार दिने विपन्न परिवारका २८जना आमाहरुका लागी ५८ वटा बाख्रा बितरण गरिएको थियो । कार्यक्रममा आयआर्जन मार्फत पोषणमा सुधारका साथै आत्म निर्भरता बनाउन विपन्न,जनजाती र दलित समुदायका आमाहरुलाई लक्षित गरिएको बाह्रबिसे ३ स्वास्थ्य चौकीका प्रबक्ता जितेन्द्र राउतले जानकारी दिनु भयो ।    बहु क्षेत्रीय पोषण कार्यक्रमको सहयोग र बाह्रबिसे नगरपालिकाको सहकार्य समन्वमा वडा भित्र रहेका र स्थायी लेखा नं समेत लिई समुह दर्ता भएका समुहबाट सुनौलो हजार दिने विपन्न परिवारका आमाहरु मध्ये आबस्यकता र प्राथमिकताका आधारमा ...

बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
 बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उहाँले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गनुभयो । निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बुधबार भएको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।...

भोटेकोसीमा फेरि बाढी, सतर्क रहन आग्रह

ब्रेकिङ न्युज १, समाचार
आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा फेरि ठूलो बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ । रासस...