सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अन्तर्गतको ईकु क्षेत्रमा आईतबार बिहान ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
आईतबार बिहान करिब ५ः२० बजे आएको निरन्तर वर्षापछि माथिबाट ठूलो परिमाणमा खसेको पहिरोले सडक पूरै ढाकेकाले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार सडक खुलाउन तत्काल सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीहरूको सहकार्यमा पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
अरनिको राजमार्ग चीनसँग जोडिने प्रमुख नाका कोदारी जाने मार्ग भएकाले सडक बन्द हुँदा नेपाल–चीन व्यापार तथा आवागमनमा समेत असर परेको छ ।
