सम्पर्क

रामेछाप सेवा समाज कतारको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रबिन कार्की सर्वसम्मत

  दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

रामेछाप सेवा समाज कतारले “सातौँ अधिवेशन” तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । समाजका काःवा अध्यक्ष रबिन कार्कीको सभापतित्व तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललित कुमार तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट रामेछाप जिल्ला खाडांदेवी गाउँपालिका वडा नं. ५ का रबिन कार्की आगामी कार्यकालका लागी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा आशिष मोक्तान तामाङ, प्रथम उपाध्यक्षमा बुद्धिराज तामाङ (राज), द्वितीय उपाध्यक्षमा शुभ राज सुनुवार, महिला उपाध्यक्षमा ममता रानाभाट खत्री, महासचिवमा कविता खत्री, उप–महासचिवमा प्रकाश दर्नाल (शीतल),सचिवमा राजु मगर कोषाध्यक्षमा जित बहादुर खत्री, र सह कोषाध्यक्षमा सुशन मगर निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरूमा शमन खडका,जीवन घिसिङ,शर्मिला साउत कार्की, रामकुमार बस्नेतप्रेम बहादुर भण्डारी,राम बहादुर खत्री (सागर) मिना लामा,राजकुमार भण्डारी,यमुना खत्री टोकमाया सुनुवार, कर्ण घिसिङ रहनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक उद्धव मगरले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

विधिगत रूपमा ब्यानर अनावरण तथा दीप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रम महिला उपाध्यक्ष रेणुका लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कलाकार सुधा परियारले स्वागत नृत्य गर्नुभएको थियो । उद्धव मगरले कार्यक्रम तथा संस्थाको बारेमा प्रस्ट पार्नुभएको थियो । नवोदित साहित्य वाचन लय कतारका अध्यक्ष शोभाराम ओलीले उत्कृष्ट कविता वाचन गर्नुभएको थियो । समाजले सामाजिक व्यक्तित्व सागर नेपाल प्रमुख अतिथि ललित कुमार तामाङ समाजका सल्लाहकार विनीता घिसिङलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा दुई दर्जन भन्दा बढी कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो । समाजले आयोजना गरेका हरेक कार्य तथा परियोजनालाई विभिन्न कोणबाट साथ र सहयोग पु¥याएका सङ्घ संस्था, कलाकार तथा पत्रकारहरूलाई कदर पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष रबिन मगरले आफ्नो मन्तव्य बोल्दै सदस्यता खुल्ला गरेको जानकारी गराउँदै सङ्घले कतारमा रहेका श्रमिकहरूको हक र हितको लागी विगत देखि वर्तमान सम्म अत्यन्तै राम्रा काम गर्दै आइरहेको र आगामी दिनमा समेत राम्रा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि तामाङले आफ्नो मन्तव्य बोल्दै आफूले विभिन्न सामाजिक कार्यमा आफू खटिएर दुख र पिडामा परेका श्रमिकहरूको लागी आफूले पटक पटक नेपाली राजदूतावास सगं हार गुहार गरिरहँदा दूतावासले गुनासाहरू न सुनेको र सुनुवाइ न गरिदिएकोमा दुख व्यक्त गर्नुभयो ।

खुल्ला सत्रको समापन गर्दै सभापति कार्कीले आफू कार्यवाहक भएर संस्थाको नेतृत्व सम्हालेको दिन देखि आजसम्म आफुलाई साथ र सहयोग दिने सम्पूर्णलाई एक मुष्ठमा हार्दिक आभार व्यक्त गर्नुभयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो । कार्यक्रमको सहजीकरण आशिष मोक्तान तामाङ र कविता खत्रीले मिलेर गर्नुभएको थियो ।