सम्पर्क

हाँडी खोलामा पुलको लागी पहल शुरु

सिन्धुपाल्चोक जिल्ला चौतारा सँगाचोकगढी नगरपालिका वडा नं १३ र १४ को बिचमा पर्ने हाडी खोलामा पुल राख्नका लागी पहल शुरु गरिएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले उक्त पहल शुरु गर्नु भएको हो । पुर्ब मन्त्री तथा नेकपा एमालेका स्थाइ कमीटी सदस्य शेर बहादुर तामाङलाइ सिमखेत तारीका डाँडामा लगेर त्यँहाबाट पुल हाल्नका लागी पहल गरिदिन वडा अध्यक्ष नेपालले अनुरोध गर्नु भएको हो । स्थानीय समाजसेबी सहीतका टोलीले स्थलगत अनुगमन गरेको र उक्त स्थानमा पुलको अती अआबश्यक रहेको बताएका छन । यस सन्धर्भमा पुर्ब मन्त्री तामाङले आफुले तत्कार यो बिषयमा पहल थालनी गर्ने बताउँनु भयो । उक्त स्थानमा पुल रँहदा स्थानीय हरु बिशेष गरी कृषकहरुलाइ ठुलो सहयोग हुने भएको छ ।यस अघी श्रावण १५ गते कृषकको चाडकै रुपमा रहेको खिर खाने कार्यक्रम अन्तरगत १४ नं वडामा आइ पुग्नु भएका तामाङले कार्यबर्ता भेटघाटमा बोल्दै वडा नं १४ लगाएतका हरेक वडाहरुमा आबश्यक परेका बिकासका कामहरुका लागी आफुले सक्दो पहल गरिरहेको र यस बर्ष पनी १४ नं वडाको सडक खानेपानी लगाएतका हरेक बिकासका कामहरुमा आफुले सहयोग गर्ने बताउँनु भयो । बागमती प्रदेस का माननीय उषनकला राइ, पुर्ब जिसस प्रमुख कृष्ण गोपाल तामाङ लगाएत कार्यक्रममा सहभागी हुनु भएको थियो ।