सिन्धुपाल्चोक जिल्लाका तीन वटा सडकहरू बहुवर्षीय गरी निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । यसै आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी मेलम्ची हेलम्बु सिन्धुपाल्चोक सडकको लागि २६ करोड ९० लाख लाई बहुवर्षीय गरी १ अरब ७ करोड ६० लाख बजेट सुनिश्चित गरी टेन्डर गर्न, मेलम्ची थाङपालधाप थाङपालकोट भोताङ लार्के सडक ६ करोड बजेट विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी २४ करोड को टेन्डर गर्न र . फट्टै दाउचेत केउरिनी बाँसखर्क बरुवा बोलगम ल्यांग्री सडक सिन्धुपाल्चोक लाई ४ करोड विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी १६ करोडको टेन्डर गर्न प्रक्रीया अगाडी बढाउँने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी गराउँनु भएको पुर्ब जिसस प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनु भयो ।

उँहाले पुर्ब मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा ,पाँचपोखरीथाम्पालधाप गाँउपालिका अध्यक्ष टासी लामा, बालकृष्ण देउजा , हस्त पण्डित दावा लामा ह्योल्मो ,निर्मल बन्जारा , बेनबहादुर पण्डित , शालिग्राम अधिकारी सरोज गजुरेल र आफुसहीतले प्रारम्भिक प्रक्रिया अगाडि बढाउन मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै अनुरोध गरिएको बताउँनु भयो ।
ज्ञापन पत्र बुझ्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले छिट्टै मेलम्ची बोर्ड बैठक बसेर यो सम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको तामाङले बताउँनु भयो । उँहाका अनुसार पुर्ब मनत्री तामाङले यस कार्यमा सहयोग गर्नु हुने पाँचपोखरी, हेलम्बु र मेलम्चीबासी सम्पूर्णलाई हार्दिक बधाई व्यक्त गर्नु हुँदै यो सम्पूर्ण प्रक्रियामा निरन्तर लागेर राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालय सम्म लागेर बहुवर्षीय टेन्डर स्वीकृत गराउने काममा लाग्ने प्रतिबद्धता समेत सबैमा व्यक्त गर्नु भएको छ । पुर्ब मन्त्री तामाङले अरु थप बजेटको लागि समेत निरन्तर लागेर यी बाटोहरू अन्तिम गन्तव्यसम्म सम्पन्न गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँनु भएको छ ।
