हिरा खड्का बाह्रबिसे–बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिने विपन्न परिवारका आमाहरुका लागी बाख्रा पालन सम्बन्धि छलफल एबंम् अन्तक्रिया तथा वितरण कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ ।
कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका सुनौलो हजार दिने विपन्न परिवारका २८जना आमाहरुका लागी ५८ वटा बाख्रा बितरण गरिएको थियो । कार्यक्रममा आयआर्जन मार्फत पोषणमा सुधारका साथै आत्म निर्भरता बनाउन विपन्न,जनजाती र दलित समुदायका आमाहरुलाई लक्षित गरिएको बाह्रबिसे ३ स्वास्थ्य चौकीका प्रबक्ता जितेन्द्र राउतले जानकारी दिनु भयो ।
बहु क्षेत्रीय पोषण कार्यक्रमको सहयोग र बाह्रबिसे नगरपालिकाको सहकार्य समन्वमा वडा भित्र रहेका र स्थायी लेखा नं समेत लिई समुह दर्ता भएका समुहबाट सुनौलो हजार दिने विपन्न परिवारका आमाहरु मध्ये आबस्यकता र प्राथमिकताका आधारमा बाख्रा वितरण गरिएको हो भने यसबाट आर्यआर्जनमा टेवा पुगी सशीक्तकरण समेत हुने बाह्रबिसे नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा बाख्रा बितरण कार्यक्रमका सभापती जिवन कुमार भण्डारीले बताउनु भयो । विपन्न,जनजाती र दलित समुदायका आमाहरुलाई यो कार्यक्रमले आत्मनिर्भर बनाउन सहयोग पुग्ने र यो कार्यक्रमलाई नगरका ९ वटै वडामा संचालन गरिने ब्यबस्थाका लागी आबस्यक पहल गरिने र आयआर्जन बृद्धीका साथै अन्य थप कार्यक्रमका लागी प्रयासरत रहेको कार्यक्रमका प्रमुख अतिथि तथा बाह्रबिसे नगरपालिका प्रमुख बाल कृष्ण बस्नेतले जानकारी दिनु भयो ।
कार्यक्रम बाह्रबिसे नगरपालिका नगर प्रमुख बाल कृष्ण बस्नेतको प्रमुख आतिथ्य,नगर उपप्रमुख मन्जु तामाङ बिशेष आतिथ्य र बाह्रबिसे नगरपालिका वडा नं ३ का वडा अध्यक्ष जिवन कुमार भण्डारीको सभापतित्वमा बहु क्षेत्रीय पोषण कार्यक्रमका प्रतिनिधी,नगर स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरु,स्वास्थ्य चौकीका कर्मचारीहरु,स्वाथ्यका सरोकारवालाहरु र सुनौलो हजार दिने विपन्न परिवारका आमाहरु तथा प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम संचालन तथा सम्पन्न भएको वडा नं ३ का स्टार लामाले जानकारी दिनु भयो ।
