सम्पर्क

ब्रेकिङ न्युज १

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १० असोजः नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमु...

दुध बोकेको भ्यान भोटेकोशी नदिमा खसि बेपत्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिका चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे बाट दुध बोकेर गएको मारुती भ्यान सडकबाट खशेर चालक सहीत गाडी बेपत्ता भएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आज बिहान अन्दाजी ०५;२० बजेको समयमा सिन्धुपाल्चोक बलेफी गा.पा.५ बलेफी स्थित अरनिको राजमार्गमा जिल्ला काभ्रे पनौती न.पा.१० पस्थली बस्ने बर्ष अं. २२÷२३ को नबराज खुलालले चलाएको चौतारा साँगाचोकगढी न.पा. १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसि बेपत्ता भएको हो । प्र.चौ.बलेफीबाट प्र.ब.ना.नि.सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटि गई खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्ष माधब राज खरेलले जानकारी दिनु भयो । उाहाका अनुसार उक्त ...

सिन्धुपाल्चोकमा पहिरोमा परेर दुई बालिका बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) पहिरोले पुरिँदा दुई बालिका बेपत्ता भएका छन् । आज साँझ करिब ४ः४५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघरतर्फ पैदल जाँदै गरेका ज्याङजेङ लामाकी छोरी करिब १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा माथिबाट आएको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल सडकभन्दा तल ब्रह्मायणी नदी बगेको क्षेत्र हो। इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर खोजतलास जारी राखिएको छ । तर हालसम्म दुवै बालिकाको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । लगातार वर्षासँगै पहिरो खस्ने जोखिम बढेकाले सो क्षेत्रमा आवागमन गर्दा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।...

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।  कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको उल्लेख गरिएको छ । यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू हुने छैन । काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा प...

काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।” विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताउनुभयो । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको उहाँको भनाइ छ । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दै...

४० वर्षपछि गाउँ फर्केका हरि बहादुरलाई घर बनाइदिने नगर प्रमुख बस्नेतको प्रतिबद्धता

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ७ का हरिबहादुर खत्रीलाई बाह्रविसे नगरपालिकाले घर बनाइदिने भएको छ । खत्रीलाई आज विभिन्न खाद्यान्न सामग्रीका साथै लत्ता कपडाको व्यवस्था गर्दै नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले उनको बस्नको लागि बासस्थान नभएको बताउँदै दशैं लगत्तै खत्रीलाई बासको समेत व्यवस्था गरिदिने बताउनु भयो । उक्त सामग्रीहरू सहित गाडीको व्यवस्था गरी आजै खत्रीलाई डाँडागाउँ पठाइएको नगरपालिकाले जनाएको छ । साथै खत्रीका तीन सन्तानमध्ये एकजनालाई नगरपालिकाले रोजगारीको समेत व्यवस्था गर्ने प्रमुख बस्नेतले प्रतिबद्धता समेत जनाउनु भएमो छ । नगरपालिकाको वडा नम्बर ७ स्थित डाँडागाउँमा खत्रीको नाममा सात आना मात्रै जग्गा रहेको पनि नगरपालिका प्रमुख बस्नेतले जानकारी दिनुभयो । खत्रिअहिले आफन्तको घरमा बस्नुभएको छ । विगत १४ वर्षदेखि परिवार सँग सम्पर्कविहीन विचारी भनिने हरिबहादुर खत्रीलाई पत्र...

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस...
सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको लोकप्रियसमाचाराष्टिय दैनिकले स्थपना दिबश मनाउँने क्रममा यस बर्ष नयाँ कार्यक्रम गरेको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको थानबारे डाँडामा बृक्षरोपण सहीत जन्मोत्सव पार्क निर्माको शुभारम्भ गरिएको छ । अग्रेजहरु सँगको लडाइमा अभिमान सिह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको , डाडाँमा काठमाण्डौ भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाका बृद्धाहरुले बताए पछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्रनो स्थपना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिन को अबशरमा उक्त कार्यक्रम गरिएको हो । उक्त स्थानमा पुराना बङ्कर हरु , बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेको ले सोही स्थानलाइ सरक्षण गर्नका लागी उक्त...

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो । राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो । उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक...

हाइड्रोपावर र स्थानीयको बिबाद भोटेकोशी गाँउपालिकामा झडप

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा पर्ने माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरको बिबादका कारण भोटेकोशी गाँउपालिकाको भवन समेत क्षेती हुन पुगेको छ । स्थानीयहरुले हाइड्रेपावरले स्थानीयहरुको माग बमोजिम शेयर नदीएको र स्थानीयहरुको माग सम्बोधन नगरेको भन्दै १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । उत्पादन सुचारु गराउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएको स्थानीयहरुको भनाइ रहेको छ ।स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच भएको बैठकप्रति आपत्ति जनाउँदै उनीहरू पालिका भवनमा जम्मा भएर विवाद हँुदा ढुंगामुढा तथा तोडफोड भएको हो । पालिका भवनमा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठक भइरहेको थाहा पाए पछी स्थानीयहरु पालिका भवनमा जम्मा भएका थिए । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेक...