सम्पर्क

हाइड्रोपावर र स्थानीयको बिबाद भोटेकोशी गाँउपालिकामा झडप

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा पर्ने माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरको बिबादका कारण भोटेकोशी गाँउपालिकाको भवन समेत क्षेती हुन पुगेको छ । स्थानीयहरुले हाइड्रेपावरले स्थानीयहरुको माग बमोजिम शेयर नदीएको र स्थानीयहरुको माग सम्बोधन नगरेको भन्दै १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । उत्पादन सुचारु गराउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएको स्थानीयहरुको भनाइ रहेको छ ।स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच भएको बैठकप्रति आपत्ति जनाउँदै उनीहरू पालिका भवनमा जम्मा भएर विवाद हँुदा ढुंगामुढा तथा तोडफोड भएको हो । पालिका भवनमा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठक भइरहेको थाहा पाए पछी स्थानीयहरु पालिका भवनमा जम्मा भएका थिए । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर नदिएपछि सेयरको विषयलाई लिएर भोटेकोसीमा विवाद बढेको हो ।विवाद चर्किंदै जाँदा आक्रोशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पुर्याएका छन् । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत् उत्पादन सुरु भए पनि स्थानीयलाई वचनबमोजिम सेयर वितरण नभएको भन्दै पटक–पटक विवाद हुँदै आएको छ ।