सम्पर्क

दुध बोकेको भ्यान भोटेकोशी नदिमा खसि बेपत्ता

सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिका चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे बाट दुध बोकेर गएको मारुती भ्यान सडकबाट खशेर चालक सहीत गाडी बेपत्ता भएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आज बिहान अन्दाजी ०५;२० बजेको समयमा सिन्धुपाल्चोक बलेफी गा.पा.५ बलेफी स्थित अरनिको राजमार्गमा जिल्ला काभ्रे पनौती न.पा.१० पस्थली बस्ने बर्ष अं. २२÷२३ को नबराज खुलालले चलाएको चौतारा साँगाचोकगढी न.पा. १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसि बेपत्ता भएको हो । प्र.चौ.बलेफीबाट प्र.ब.ना.नि.सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटि गई खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्ष माधब राज खरेलले जानकारी दिनु भयो । उाहाका अनुसार उक्त गाडीमा चालक मात्र सवार रहेको भन्ने बुझिएको छ थप बिबरण आउँन बाँकी रहेको छ ।