सम्पर्क

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको १३औं साधरण सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाको तेह्रौं साधरण सभा एक समारोहका बिच सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका लेखा संयोजक तथा वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा र डडुवा भवानी शङ्कर माबिका प्रअ बद्री प्रसाद नेपालको बिशेष अतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । साधरण सभाले चतुर बहादुर तामाङको अध्यक्षतामा नया कार्य समितकिो समेत चयन गरेको छ । जसमा उपाध्यक्ष दधीलाल नेपाल, सचिवमा मिना नेपाल, सह–सचिवमा सगुन बस्नेत, कोषाध्यक्षमा ज्यानमायाँ श्रेष्ठ र सदस्यहरुमा नेत्र बहादुर बस्नेत, टिकाराम माझी झिल्के तामाङ, बिन्दा कुमारी तामाङ, सङ्गीता माझी र राम बहादुर खाती रहनु भएको छ । यसैगरी डोक बहादुर बोहोराको संयोजकत्वमा तिन सदस्यीय लेखा समिती र सिताराम बस्नेतको संयोजकत्वमा तिन सदस्यीय शिक्षा समितीको चयन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नु हुँदै वडा अध्यक्ष नेपालले अपाङ्गता भएका ब्यक्तिहरुका हक हितका लागी निर्मीत यस सहकारी संस्थाले विगतका दिनहरुमा धेरै राम्रा काम गरेको बताउँदै आगामी दिनमा पनि अझ प्रगती गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा डडुवा भवानी शङ्कर माबिका प्र.अ बद्री प्रसाद नेपाल, नेत्रज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले शुभकामनाम मन्तब्य दिनुभएको थियो भने संस्थाका सचिव मिना नेपालले संस्थाको कार्यक्रमका बारेमा जानकारी गराउँनु भएको थियो । संस्थाका ब्यवस्थापक नेत्र बहादुर बस्नेतले सञ्चालन गर्नुभएको साधरण सभाको अध्यक्षता भने संस्थाका अध्यक्ष चतुर बहादुर तामाङले गर्नुभएको थियो ।