सम्पर्क

ब्रेकिङ न्युज १

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले (भदौ २३ र २४ गते) भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गर्नु भएको छ। उँहाले ३५ दिन पछी सार्वजनिक हुँदै नेपाली काँग्रेसको केन्द्रिय कार्यलयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’यसको तुरुन्त छानबीन गरि दोषीलाइ कार्बाही गर्न पर्छ भन्नु भयो । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको कारण निर्दोष नवयुवक...

सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस्नेतले जानकारी दिनु भयो । लोकतान्त्रीक जेनजी समुहले भ्रष्टचार, अनियमीतताको बिरोध गर्ने समाजमा शान्ती कायम गर्न सहयोग गर्ने समाजमा हुने बिकृतीको अन्त गर्ने सामाजीक बिकासमा सहजता गर्ने लगाएतका सामाजीक सेवामा समर्पीत रहने समेत बस्नेतले बताउँनु भयो ।  ...

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने

ब्रेकिङ न्युज १, समाचार
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाको सम्पुर्ण कर्मचारीले १ दिनको तलब सहयोग गर्ने भएका छन् । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सम्पुर्ण कर्मचारीको १ दिनको तलब सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । १ दिन बराबरको तलब दुई लाख असी हजार हुने उँहाले बताउनुभयो । यस अघि पनि मेलम्ची नगरपालिका तथा यहाँका कर्मचारीले बिभिन्न बिपदहरुमा सहयोग गर्दै आएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।...

सहिद कष्णश्रेष्ठको बाह्रबिसेमा सालिक निर्माण हुने ,बानीयाटार स्कुलमा सबैलाइ पुर्ण छात्रबृत्ती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  यही भाद्र २३ र २४ गतेको जेनजीसमुहको आन्दोलनमा सहिद भएको बाह्रबिसे नगरपालिका वडा न.०६ गाती निवासी स्व शहीद कृष्ण श्रेष्ठको शालिक निर्माण हुने भएको छ । बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतले शालिक बनाउने निर्णय गर्नुभएको छ । सालिक र्मिाण गर्नका प्रक्रिया पुरा गर्न बाह्रबिसे नगरपालिका अन्तरगतका जेन्जी समुहको समिति समेत गठन गरिएको छ। बाह्रबिसे नगरपालिका –६ गातीका श्रीकृष्ण श्रेष्ठ जेनजी आन्दोलनमा मृत्यु भएको प्रती साह्रै स्तब्ध भएका बताउँदै नगर प्रमुख बस्नेतले अतुलनीय क्षतिले केवल गाती गाउंलाई मात्र नभएर सिङ्गो बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक जिल्ला र देशकै हृदयमा धेरै गहिरो घाउ पु¥याएको बताउँनु भयो छ। उँहाले जेनजी ान्दोलनमा आवाज उठाउने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने श्रीकृष्ण श्रेष्ठप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उँहाको शालिक निर्माण गर्न लागीएको बताउँनु भयो...
चरिकोट–खाडिचौर सडकको प्रयोग

चरिकोट–खाडिचौर सडकको प्रयोग

ब्रेकिङ न्युज १, समाचार
यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट–मन्थली–चरिकोट– मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ । सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारी साधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ । बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारी साधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौश...

दसैँपछि काठमाडौँ फर्किनेको चहलपहल बढ्दो

ब्रेकिङ न्युज १, समाचार
दसैँका रमाइलो क्षण बिताएर आ–आफ्नो कर्मथलो फर्किनेको भीड राजधानी काठमाडौँमा बढ्न थालेको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, फर्पिङ, भक्तपुर र टोखा क्षेत्रमा यात्रुको आवागमन बढेसँगै सडकमा सवारी साधनको चाप समेत बढेको छ । बाढी–पहिरोको सम्भावित जोखिमका कारण असोज १८ देखि २० गतेसम्म बन्द गरिएका प्रवेश नाका पुनः खुलेपछि यात्रुको आवतजावत क्रमशः बढ्दै गएको हो । यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा अत्यधिक भीड देखिएको छ ।  दसैँ मनाउन गाउँ फर्केका सर्वसाधारण, विद्यार्थी तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू राजधानी फर्किरहेका छन् । गाउँमा परिवार र आफन्तसँग समय बिताएर राजधानी फर्किने यात्रुहरूले अब पुनः आफ्ना नियमित काम, अध्ययन र जिम्मेवारीमा फर्किने तयारी थालेका छन् ।...

आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २१ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं ने...

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ । फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गत...

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसा...

समाज सेवी भुपेन्द्र थापाद्धारा त्रिपाल र खाद्यन्न बितरण

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाज सेवी भुपेन्द्र थापाले यही असोज १७र १८गते परेको अबीरल बर्षाका कारण पहीरोले बासस्थान भत्काइदिएर बिचल्लीमा पर्नु भएका हरुलाइ तत्काल बस्न र खानको लागी त्रिपाल लगाएत खाद्यन्न सहयोग गर्नु भएको छ , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९का बिष्णु बहादुर बिकको बास स्थान भत्केर उँहाकै काका धन बहादुर बिकको घरमा शरण लिइ रहनु भएको कारण तत्काल का लागी त्रिपाल सहीत खाद्यन्न दिनु भएको हो । बिष्णु बहादुर बिक ले आफ्नो खुट्टा भाचीएर खुट्टामा स्टिल राखीएको बताउँनु भएको छ ।उँहाका अनुसार श्रमितीको नसा च्यापीएर नसा सम्बन्धी रोगी हुनुहुन्छ । २छोरी ९बर्ष र १४ बर्षका हुनुहुन्छ भने ६ बर्षको १छोरा हुनुहुन्छ । १८गते बेलुका १० बजेको समयमा पहीरो आइ घर टहरो पुरे पछी आफु बिचल्लीमा परेको बताउँनु हुँदै बिकले अहीलेका लागी यो सामाग्रीले आफुलाइ ठुलो राहत मिलेको बताउँनु भयो । समाज सेवी थ...