सिन्धुपाल्चोक जिल्लाका समाज सेवी भुपेन्द्र थापाले यही असोज १७र १८गते परेको अबीरल बर्षाका कारण पहीरोले बासस्थान भत्काइदिएर बिचल्लीमा पर्नु भएका हरुलाइ तत्काल बस्न र खानको लागी त्रिपाल लगाएत खाद्यन्न सहयोग गर्नु भएको छ ,
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९का बिष्णु बहादुर बिकको बास स्थान भत्केर उँहाकै काका धन बहादुर बिकको घरमा शरण लिइ रहनु भएको कारण तत्काल का लागी त्रिपाल सहीत खाद्यन्न दिनु भएको हो ।
बिष्णु बहादुर बिक ले आफ्नो खुट्टा भाचीएर खुट्टामा स्टिल राखीएको बताउँनु भएको छ ।उँहाका अनुसार श्रमितीको नसा च्यापीएर नसा सम्बन्धी रोगी हुनुहुन्छ । २छोरी ९बर्ष र १४ बर्षका हुनुहुन्छ भने ६ बर्षको १छोरा हुनुहुन्छ । १८गते बेलुका १० बजेको समयमा पहीरो आइ घर टहरो पुरे पछी आफु बिचल्लीमा परेको बताउँनु हुँदै बिकले अहीलेका लागी यो सामाग्रीले आफुलाइ ठुलो राहत मिलेको बताउँनु भयो । समाज सेवी थापाले सिन्धुपाल्चोक जिल्लाका प्रभावित परिवारलाई सहयोग गर्दै त्रिपाल, खाद्यान्न र आवश्यक उद्धार सामग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउँन भए अनुसार उक्त सामाग्री दिएको बताउँनुभयो ।उँहाले आबश्यक सहयोगका लागी ९८५१२७९०३६,मा सम्पर्क राख्न समेत अनुरोध गर्नु भयो । थापाले आइतबारवडा नं १०का मसली तामाङ लाइ पनी त्रिपाल समेत दिनु भयो । समाजसेवी थापाले “विपद्को समयमा पीडितलाई सहयोग पु¥याउनु हरेक नागरिकको कर्तव्य हुन्छ हामी सबैले सकेसम्म प्रभावितको पीडा कम गर्न जे सकेको योगदान गर्नुपर्छ, भन्नु भयो ।नागरिक, सामाजिक संस्था र स्थानीय उद्धारकर्मीहरूलाई आफ्नो क्षमता अनुसार सहयोगमा हातेमालो गर्न आग्रह गर्नु हुँदै आवश्यक परेका व्यक्तिहरूलाई “थापा इन्टरप्राइजेज, चौतारा” मा सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो ।
