सिन्धुपाल्चोक जिल्लाका सबै कार्यलय हरु सोमबार देखी खुल्ने भएका छन । १७ र १८ गते परेको पानीका कारण जन जिबन प्रभाबीत भइ सडकहरु समेत अबरुद्ध भए पछी गृह मन्त्रालयले१९ र २० गते बिपत बिदा दिएको थियो । १९गते मौषममा सुधार आए पछी २० गतेको बिदा कटौती गरिएको हो ।
गृह बाट प्राप्त निर्देशनअनुसार हाल जिल्लामा कुनै जटिल विपद् व्यवस्थापनको समस्या नरहेको भन्दै असोज १६ देखि १९ गतेसम्म रोकिएको सार्वजनिक सेवा अब नियमित रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लाभित्रका सबै कार्यालयलाई नागरिकसँग सम्बन्धित सेवामा अब ढिलाइ नगरी सुचारु गर्न निर्देशन दिनु भएको छ। प्रमुख जिल्ला अधिकारी बास्तोलाले बिहीबार जारी गर्नु भएको पत्रमा “विपद् जोखिम तथा प्रतिकार्यमा तत्कालीन संवेदनशीलताको कारण असोज १६ देखि केही समयका लागि रोकिएको सेवाहरू असोज २० गतेदेखि पुनः नियमित रूपमा सुचारु गरिनेछ भन्नु भएको छ ।
