सम्पर्क

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाको सम्पुर्ण कर्मचारीले १ दिनको तलब सहयोग गर्ने भएका छन् ।
जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सम्पुर्ण कर्मचारीको १ दिनको तलब सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । १ दिन बराबरको तलब दुई लाख असी हजार हुने उँहाले बताउनुभयो ।
यस अघि पनि मेलम्ची नगरपालिका तथा यहाँका कर्मचारीले बिभिन्न बिपदहरुमा सहयोग गर्दै आएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।