यही भाद्र २३ र २४ गतेको जेनजीसमुहको आन्दोलनमा सहिद भएको बाह्रबिसे नगरपालिका वडा न.०६ गाती निवासी स्व शहीद कृष्ण श्रेष्ठको शालिक निर्माण हुने भएको छ ।
बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतले शालिक बनाउने निर्णय गर्नुभएको छ । सालिक र्मिाण गर्नका प्रक्रिया पुरा गर्न बाह्रबिसे नगरपालिका अन्तरगतका जेन्जी समुहको समिति समेत गठन गरिएको छ। बाह्रबिसे नगरपालिका –६ गातीका श्रीकृष्ण श्रेष्ठ जेनजी आन्दोलनमा मृत्यु भएको प्रती साह्रै स्तब्ध भएका बताउँदै नगर प्रमुख बस्नेतले अतुलनीय क्षतिले केवल गाती गाउंलाई मात्र नभएर सिङ्गो बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक जिल्ला र देशकै हृदयमा धेरै गहिरो घाउ पु¥याएको बताउँनु भयो छ। उँहाले जेनजी ान्दोलनमा आवाज उठाउने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने श्रीकृष्ण श्रेष्ठप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उँहाको शालिक निर्माण गर्न लागीएको बताउँनु भयो । यसै बिच गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ ।विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्र् ि९ँगिि क्अजयबिचकजष्उ० मा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो ।काठमाडौं युरो आईबी वल्र्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।
