सम्पर्क

ट्रायल सेन्टर टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

 

ट्रायल सेन्टर छनौट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ । को माग मिलेमतोमा चलखेल गरी गरिएको भन्दै ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघहरुले माग गरेको छ । काठमाण्डौ, भक्त पुर, ललितपुर र काभ्रे शाखाहरुले सयुक्त बिज्ञेप्ती जारी गर्दै बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोप लगाउँदै त्रिकार सम्मेलनमा बोल्ने बक्ताहरुले त्तकाल खारेजीको माग समेत गरेका छन ।ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति नियम र कानुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताउँनु हुँदै विनाप्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल सेन्टरलाई टेण्डर दिन लागेको आरोप लगाउँनु भयो । काठमाडौं ड्राइभिङ्ग स्कूल संघका अध्यक्ष रमेश खत्रीले सुमन ग्रुपले आफ्नै ट्रायल सेन्टरले टेन्डर पाउने निश्चित भएको हल्ला गरेको बताउँदै खत्रीले भने, ‘२०८१ मंसिर १९ गते पनि सुमन गु्रपलाई नै पार्ने गरी सेटिङ गरिएको देखिन्छ, अहिले ०८२ असोज १० गतेको सूचना पनि सोही अनुसार निकालिनु आर्थिक चलखेल भएको प्रष्ट भयो भन्नु हुँदै सुमन ग्रुप अफ ट्रायल सेन्टरलाई’ टेन्डर पार्ने गरि नियम विपरित सूचना निकालेको आरोप लगाउँनु भयो ।
खत्रीले एकातिर देशैभरी सवारीचालक अनुमति पत्रलगायतका यातायतसम्बन्धी सरकारी सेवा बन्द भइरहँदा काभ्रे यातायात व्यवस्था कार्यालयले सूचना निकाल्नु बदनियतपूर्ण भएको बतायँनु भयो ।ड्राइभिङ्ग स्कूल संघले गरेको सो पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधी कृष्णमोहन सहनीले संघले यातायात व्यवस्था कार्यालयमाथि प्रश्न उठइसकेपछि टेण्डर प्रक्रिया रद्द गरी तत्काल छानविन गरिनुपर्ने भन्दै जेनजीको मूल माग नै भ्रष्टाचार मुक्त गर्ने अभियान रहेको हुँदा आफूहरुको पनि सो विषयमा ध्यानाकर्षण भएको र यसको छानविन गरी दोषिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नु भयो ।’ड्राइभिङ्ग संघ काठमाडौं जिल्ला सचिव सरोज बोहोराले अपारदर्शी ढंगबाट बढाइएको टेण्डर प्रक्रिया रद्द गर्न माग गर्र्दैबोहोराले अघिल्लो वर्ष खोलिएको टेण्डर सुमन गु्रपले नपाएपछि यस वर्ष पनि उसैलाई दिन आन्तरिकरुपमा मिलेमतो भएको ब्यबहारले देखाएको बताउँनु भयो । उँहाले ‘दसैं, तिहारको मौका पारेर १५ दिने सूचना, त्यो पनि कहींकतै सार्वजनिक नगर्नु, अघिल्लो वर्ष र यस वर्षका टेण्डर आह्वानका सर्तहरु फेरबदल गरिनुलगायतका विषयले प्रष्ट देखिन्छ कि मिलेमतोमा चलखेल गरी भ्रष्टाचर भएको छ ।’पत्रकार सम्मेलनमा ड्राइभिङ्ग संघ भक्तपुरका अध्यक्ष राम भाई बानिया र ड्राइभिङ्ग संघ काभ्रेपलाञ्चोक जिल्लाका उपाध्यक्ष रुपेश काफ्लेले सो टेण्डर तत्काल रद्द नगरिए कानुनी उपचार खोज्ने चेतावनी समेत दिनु भयो।