सम्पर्क

दसैँपछि काठमाडौँ फर्किनेको चहलपहल बढ्दो

दसैँका रमाइलो क्षण बिताएर आ–आफ्नो कर्मथलो फर्किनेको भीड राजधानी काठमाडौँमा बढ्न थालेको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, फर्पिङ, भक्तपुर र टोखा क्षेत्रमा यात्रुको आवागमन बढेसँगै सडकमा सवारी साधनको चाप समेत बढेको छ ।
बाढी–पहिरोको सम्भावित जोखिमका कारण असोज १८ देखि २० गतेसम्म बन्द गरिएका प्रवेश नाका पुनः खुलेपछि यात्रुको आवतजावत क्रमशः बढ्दै गएको हो । यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा अत्यधिक भीड देखिएको छ ।  दसैँ मनाउन गाउँ फर्केका सर्वसाधारण, विद्यार्थी तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू राजधानी फर्किरहेका छन् ।
गाउँमा परिवार र आफन्तसँग समय बिताएर राजधानी फर्किने यात्रुहरूले अब पुनः आफ्ना नियमित काम, अध्ययन र जिम्मेवारीमा फर्किने तयारी थालेका छन् ।