मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से मा.वि.लाई
मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्य सहित कुल २८ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
मेलम्ची नगरपालिका भित्रका २३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो। ।
समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ...



