ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न
by लोकप्रिय समाचार
दिपक विक्रम देउजा / हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती विद्यालयको ६३ औ वार्षिकोत्सव तथा ३२ औ अभिभावक भेला सम्पन्न भएको छ । बागमती प्रदेशका सरकारका खानेपानी ,सिंचाइ तथा उर्जा मन्त्री प्रदेस माननीय कृष्णकुमार तामाङ (समीर) प्रमुख आतिथ्यता र हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्येको एक मानिने उक्त विद्यालय २०७८ असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी तामाङले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम्मेवारीबाट पन्छन नमिल्ने उहाँको भनाइ थियो । साथै उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयका सम्बद्ध पक्षहरु निरन्तर क्रियाशिलता आवश्यक हुनुका साथै जहाँ विद्यालय राम्रा भएका छन् त्यहाँ विद्यालय व्यवस्थापन र शिक्षक कर्मचारीको लगनशीलताबाट नै भएको उल्लेख गर्दै सबै यस तर्फ लाग्न आग्रह गर्नुभयो । हेलम्बुलाई शैक्षिक हवका रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । पाल्चोक माध्यमिक विद्यालय ककनीको समारोहलाई सम्बोधन गर्दै शेर्पाले हेलम्बु शैक्षिक हव बन्ने बताएका हुन् । शिक्षाको खोजिमा गाउँछाडेर अभिभावकले आफ्ना सन्तानलाई सहर गएर महंगो शुल्कमा बोर्डिङ पढाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने अध्यक्ष शेर्पाले बताएका हुन् ।
हेलम्बुको शैक्षिक विकास नमुना योग्य बनाउने उनको भनाई थियो । कार्यक्रममा विद्यार्थीका विभिन्न साँस्कृतिक प्रस्तुतीहरुका साथै विद्यालयका विभिन्न गतिबिधिहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक सिताराम ढकालले कुमार प्रसाद घोरासैनीले विद्यालयका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङले शुकामना मन्तव्य राख्नुएको साथै समग्र वडा को विकासका निम्ति आफू दिनरात नभनिकन लाग्ने वचन दिएका थियो । सहभागी वक्ताहरुले विद्यालयको संरक्षण र शैक्षिक सुधारको लागि विद्यालय र स्थानीय सरकारको समेत उत्तिकै चासो हुनुपर्नेमा जोड दिएका छन्। विद्यालयले आफ्नो ६३ औ वार्षिकोत्सव तथा ३२ औ अभिभावक भेलाको अवसरमा यश विद्यालका पुर्व विद्यार्थी तथा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सरकारका खानेपानी ,सिंचाइ तथा उर्जा मन्त्री प्रदेस माननीय कृष्णकुमार तामाङ (समीर) ,विद्यालयमा लामो समय कार्यरत पछि सेवा निवृत्त शिक्षक प्रेमकुमार लामिछाने ,पुर्व विद्यार्थी तथा यसै विद्यालकी पुर्व शिक्षिका लक्ष्मी चालिसे,पुर्व विद्यार्थी सोम तामाङ लगाए लाई सम्मान गरेको थियोे ।