सम्पर्क

चौतारा बहुमुखी क्याम्पसमा आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२ सम्पन्न

चौतारा — सिुन्धुपाल्चोक जिल्लाको चौतारा बहुमुखी क्याम्पसले “आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।क्याम्पसको वार्षिक पात्रो अनुसार पौष १८ र २० गते आयोजना गरिएको विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने र अनुशासन, सहकार्य तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र तथा छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न चरणका खेलहरू प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद कौशल, धैर्यता र खेल भावना प्रस्तुत गरेका थिए।छात्र तर्फको प्रतिस्पर्धामा मन्जित तामाङ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । उँहाले सुरुदेखि नै आक्रामक र संयमित खेल प्रस्तुत गर्दै आफ्ना प्रतिस्पर्धीलाई पछि पार्न सफल भए। त्यस्तै अनिल शर्मा ले उत्कृष्ट प्रयासका साथ द्वितीय स्थान हासिल गर्न सफल हुनु भयो । दुवै खेलाडीको खेलप्रति सम्र्पुण, नियमित अभ्यास र आत्मविश्वास प्रशंसनीय रहेको निर्णायक तथा दर्शकहरूले बताएका छन्।छात्रा तर्फको प्रतिस्पर्धा पनि उत्तिकै प्रतिस्पर्धात्मक रह्यो। सुमिक्षा तामाङ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नु भयो । उहाँले खेलको प्रत्येक चरणमा धैर्य, सन्तुलन र रणनीतिक कौशल देखाउँदै निर्णायक जित हासिल गर्नु भयो । मेनुका श्रेष्ठ ले द्वितीय स्थान प्राप्त गर्नु भयो भने सुसिता चौलागाइ ले कडा प्रतिस्पर्धाबीच तृतीय स्थान हासिल गर्न सफल हुनु भयो । छात्रा खेलाडीहरूको आत्मविश्वास, सक्रियता र खेलकुदप्रतिको लगावले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।प्रतियोगिताको समापन कार्यक्रममा क्याम्पस प्रशासन, शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका प्रतिनिधिहरूले खेलकुद शिक्षा प्रणालीको अभिन्न अंग भएको उल्लेख गरे। खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना र स्वस्थ प्रतिस्पर्धात्मक सोच विकास गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।क्याम्पस प्रशासनका अनुसार आन्तरिक खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न सहयोग पु¥याउने मात्र नभई भविष्यमा अन्तरक्याम्पस तथा जिल्लास्तरीय प्रतियोगितामा सहभागिताका लागि आधार तयार गर्ने गर्दछ। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी दिनमा थप अभ्यास र प्रशिक्षणमार्फत आफ्नो खेलकुद जीवनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा उपस्थित शिक्षक तथा प्रशिक्षकहरूले विजयी खेलाडीहरूलाई हार्दिक बधाई दिँदै खेलकुद जीवनमा निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक पर्ने सुझाव दिए। खेल जित–हारभन्दा पनि खेल भावना, आत्मअनुशासन र निरन्तर प्रयास नै दीर्घकालीन सफलताको आधार हुने उनीहरूको भनाइ थियो।प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक समिति, निर्णायक, स्वयंसेवक विद्यार्थी तथा क्याम्पस प्रशासनप्रति धन्यवाद ज्ञापन गरिएको छ। सहभागी सबै खेलाडीहरूको सक्रिय सहभागिताले प्रतियोगिता थप अर्थपूर्ण र सफल बनेको आयोजक समितिले जनाएको छ।अन्त्यमा, “आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२” मा स्थान हासिल गर्न सफल सम्पूर्ण विजयी छात्र÷छात्राहरू—छात्र तर्फ मन्जित तामाङ (प्रथम) र अनिल शर्मा (द्वितीय) तथाछात्रा तर्फ सुमिक्षा तामाङ (प्रथम), मेनुका श्रेष्ठ (द्वितीय) र सुसिता चौलागाइ (तृतीय)—लाई हार्दिक बधाई तथा उज्ज्वल खेलकुद जीवनको सफलताको शुभकामना व्यक्त गरिएको छ। क्याम्पस परिवारले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने अपेक्षा राखेको ज्ञान बहादुर तामागंले जानकारी दिनु भयो ।