सम्पर्क

ज्ञान मन्दिर नमुना मा. बि.को भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा मा जनकराज गिरी,

सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी वडा नं ७मा रहेको श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौरको भुतपुर्व विद्यार्थी हरुको समाज ले आफ्नो एघारौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । बागमति प्रदेशका पुर्व सामाजिक तथा भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालको विशेष आतिथ्यतामा सम्पन्न अत्रिबेशन सम्पन्न भएको रेडीयो सुनकोशीका यज्ञ दङ्गालले जानकारी दिनु भएको छ। उँहाका अनुसार अधिवेशनवाट अध्यक्षमा जनकराज गिरी, उपाध्यक्षमा खिल बहादुर दंगाल, सचिवमा यमराज विक, सहसचिवमा सावित्री दंगाल, कोषाध्यक्षमा सावित्री कार्की दंगालर र सदस्यहरुमा क्रमस ओमकुमार श्रेष्ठ, सुनिल तमाङ्ग, अमृत श्रेष्ठ, रञ्जु श्रेष्ठ, प्रविन दंगाल, सरिता गजुरेल, अर्पणा श्रेष्ठ र सविना दंगाललाइ सर्वसम्मत निर्वाचित गराएको छ ।  साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी पुर्ब मन्त्री माननीय दुलालले ज्ञान मन्दीर माबीका पुर्ब बिद्यार्थीहरु धेरै राम्रा राम्रा पदमा पुगी सकेका छन । बोद्धीक क्षेत्रमा पनी अगाडी रहेका छन यस मानेमा बिद्यालयले गर्व गर्न पर्ने ठाँउ भएको छ भन्नु हुँदै पुर्ब बिद्यार्थी समाजले बर्तमान बिद्यार्थीहरुलाइ पनी आफु सरह वा आफु भन्दा माथल्लिो तहमा पुग्ने गरी शिक्षा हासिल गर्न प्रेरेणा दिन पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालले पुर्ब बिद्यार्थी समाजको सहयोगका कारण अहीले पनी ज्ञानमन्दी माबीको इज्जत बढी रहेको बताउँनु भयो । उँहाले पुर्ब बिद्यार्थी समाजले बिद्यालयको शेक्षिक स्तर बृद्धीका लागी समय समयमा सल्लाह सुझाब दिइ रहेकोमा खुशी ब्यक्त गर्नु भयो । कार्यक्रममा बिद्यालयका प्र. अ. पुन्य प्रसाद गजुरेल, बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष द्धय नेत्र प्रसाद दंगाल, टोपनाथ घोरसाईने र भुतपुर्व बिध्यार्थी समाजका पुर्ब अध्यक्ष नेत्र धितालले बिद्यालयको प्रगतीका लागी आफुहरुले सकेको सहयोग गरिरहने बताउँनु भयो । उद्घाटन समारोहमा भुतपुर्व बिध्यार्थी समाजका सदस्य सुनिल तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिब यमराज बि. क. ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । समाजका अध्यक्ष जनक राज गिरिको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।(फोटो ज्ञामन्दीर माबीको फेसबुकबाट)