सम्पर्क

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गरिरहेकाउक्त सस्थाको सभामा प्रमुख अतिथ्ीको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले मित्रता संघले असहाय बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउन गरेको योगदानलाई सम्मान गर्नुपर्ने बताउँनु भयो । उँहाले सरकारले गर्नुपर्ने कर्तव्यलाई एउटा सामाजिक संस्थाले गर्नु भनेको गर्वलायक भएको बताउँनु हुँदै मित्रता संघलाई गतिशील बनाउन नगरपालिका सदैव तत्पर रहेको भन्दै नगरप्रमुख सापकोटाले आफ्नो क्षमताले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा संघको कार्यकारी निर्देशक विष्णु लामाले आर्थिक वर्ष २०८१÷८२ को प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैे बालबालिकालाई शिक्षित, सवल, सक्षम, आत्मनिर्भर बनाउँदै गुणस्तरीय शिक्षाको विकास गर्नु संघको लक्ष्य रहेको बताउँदै बालमैत्री समाजको लागि शिक्षामार्फत आर्थिक विकासमा सम्मान सहभागिता सुनिश्चित गर्न संघ लागिरहेको जानकारी दिनु भयो । उँहाले मित्रता संघले समुदायमा आधारित कार्यक्रम अन्तरगत स्थानीयको आयआर्जनमा टेवा पुर्याउनने, स्वास्थ्यमा पहुँच पुर्याउन विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गरेको समेत सो अबशरमा जानकारी दिनु भयोे ।कार्यक्रममा पत्रकार एवम् लेखक सुन्दर शिरीषले सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै हरेक सार्वजनिक निकायले गरेको काम नागरिकले थाहा पाउनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै सामाजिक लेखापरीक्षण गरिएको बताउँनु भयो । ‘पारदर्शिता र सुशासन प्रबद्र्धनको लागि सामाजिक परीक्षणले टेवा पुर्याउँछ’, भन्दै ‘मित्रता संघको सामाजिक परीक्षण गरिरहँदा संस्थाले समाजमा पु¥याएको अतुलनीय योगदानलाई नजिकबाट बुझ्ने मौका पाएकोमा खशी ब्यक्त गर्नु भयो । उँहाले संस्थाले स्थानीय सरकारसँग समन्वय गरी संघलाई अझ नागरिकको सारथि बनाउन पर्ने आबश्यकता रहेको बताउँनु भयो ।कार्यक्रमको उद्घाटन सत्रमा समाजसेवी गोकर्ण भारती, संघको पूर्व अध्यक्ष हरिचन्द्र भारती, समाजसेवी एवम् शिक्षक कृष्णबहादुर तामाङ, गोल्मादेवी माविका प्रधानाध्यापक ज्ञानबहादुर तामाङ लगायतले अधिवेशन एवम् वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । संघको बित्त प्रमुख संगीता नेपालीले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।