सम्पर्क

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्धान्त अनुसार काम गर्नु पर्छ भन्नु भयो । उँहाले सहकारी सस्था प्रती बश्विास घटेन नदीन पनी सहकारी सिद्धान्त अनुसार काम गर्न पर्छ भन्नु हुँदै सहकारी सस्था नै स्थानीय नागरिकको आय आर्जनको श्रोत बनेको बताउँनु भयो। हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले प्रस्तुत गरेको सहकारी सम्बन्धि मनोरञ्जनात्मक प्रस्तुतिले उपस्थित सबैलाई हँसाउँदै माहोल थप उत्साहपूर्ण बनाएको थियो।
साधारणसभाको अवसरमा “ठूलोसिरुवारीको समृद्धिमा ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लि.को भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। वक्तृत्वकलामा कुण्डलादेवी माध्यमिक विद्यालयबाट अस्मिता दुलाल प्रथम, अनमोल तामाङ द्वितीय हुनु भएको थियो भने सेतीदेवी माध्यमिक विद्यालयबाट प्रविशा श्रेष्ठ तृतीय र रेजिना राना मगर सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख व्यवस्थापक श्री होमनाथ चौलागाईंले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष श्री तोक बहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। साथै संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, क्भ्भ् तथा क्ीऋ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।
सहकारीले स्थानीय किसानको आर्थिक सशक्तीकरण, कृषि विकास र समग्र गाउँको समृद्धिमा खेलेको भूमिकालाई थप मजबुत बनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।