राप्रपाको स्थानीय तहको चुनावी तयारीः माहोल बनाउँदै गाउँमा नेता
रुपक पुरी
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राष्ट्रीय प्रजातन्त्र पार्टीका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । अहिले राप्रपाले सिन्धुपाल्चोकका प्रत्येक टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिर्न लाग्नुभएको हो ।
आइतबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राप्रपाको जिल्ला कार्यसमितिको बैठक बसी अभियान थालनि गर्ने घोषणा गरेको छ । आईतबार जिल्ला कार्यसमितिको बैठकले राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको सँयोजकत्वमा वडा तथा पालिकामा उम्मेदवार छनौट समिती समेत गठन गरेको छ । समितिको सदस्यहरुमा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय अ...
