सम्पर्क

डडुवामा राप्रपा को भेला

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. १४ मा वडा भेला सम्पन्न भएको छ । राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुँगानको प्रमुख अतिथ्यतामा र ट्रेड युिनयन बागमति प्रदेसको सँयोजक दलबहादुर श्रेष्ठ (प्रबिन)को बिशेष अतिथ्यतामा राष्ट्रीय प्रजातन्त्रिक महिला सँगठनको केन्द्रिय सदस्य अमृता गिरि, राप्रपा सिन्धुपाल्चोक क्षेत्र न २ का प्रदेस (क)को उपाध्यक्ष मदन केसी, बिद्यार्थी सँगठनको केन्द्रीय सदस्य रेजिना नेपाली लगायतको उपस्थितिमा भएको वडा भेलाको सभापतित्व भने राम बहादुर तामाङले गर्नु भएको थियो ।
कार्यकर्ता भेलामा बोल्दै केन्द्री सदस्य ढुँगानाले स्थानिय नागरिकको समस्या समधानका लागि राप्रपा मात्र रहेको भन्दै हिन्दु राष्ट्र स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताउनुभयो । ट्रेड युिनयन बागमति प्रदेसको सँयोजक दलबहादुरले राप्रपालाई अत्यधिक मत दियर बिजय गराउन आग्रह गर्दै महिला सँगठन निर्माण गरेर बचत कोष सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी महिला सँगठनका केन्द्रीय सदस्य गिरीले महिला पुरष एकै भयकोले महिलाहरु पनि अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रदेस (क)का उपाध्यक्षँ मदन केसिले राप्रपाले जनताको समस्या समधान गर्ने बताउनुभयो । राप्रपा डडुवाले आगामी निर्बाचनमा एकलौटी निर्बाचन लड्ने गरि उमेद्धार तय समेत गर्ने राप्रपाका इकाइ अध्यक्ष राम बहादुर तामाङले बताउँनुभयो ।