ने कपा एमाले राष्ट प्रती जिम्मेवार हुँदै राष्टको नागरिकको समस्या समधान गर्ने श्रम जिबकिो पाटी भएको र यस पाटीले स्थानयि कृषक तथा स्थानीय नागरिकको समस्या समधानका लागी लागी काम गर्ने पाटी भएको नेकपा एमालेका केन्द्रीय सदस्यपुर्ब मन्त्री दावा तामाङ्गले बताउँनु भएको छ ।
उँहाले नेकपा एमाले चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आयोजित कार्यकर्ता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिक भत्ताको ब्यबस्था गरेको आफ्नो गाँउ आफै बनाउ जस्ता लोकप्रिय कामगरेकै कारण जनतामा लोकप्रिय बनेको बताउँदै आगामी दिनमा नेकपा एमाले एक्लैेले बहुमतको सरकार चलाएर देश र जनताको समस्या समधान गर्ने त्यसका लागी आम नागरिकले एमालेको सुर्य चिन्हमा मतदान गर्न पर्ने बताउँनु भयो । कार्यक्रमको अर्का अतिथी नेकपा एमालेका प्रदेस कमिटी सदस्य बादल तामाङ्गले निषेधको राजनितीगर्न नहुने भन्दै जनताले बहुदलीय जनबाद मानेको नेकपा एमालेलाइ बिश्वास गरेको बताउँनु भयो । नेकपा एमाले वडा कमिटीको अध्यक्ष उद्धब नेपालको सभापतत्वमा भएको कार्यक्रममा प्रदेस कमिटीका सदस्य बिदुर भारती,जिल्ला कमिटी सदस्य प्रदिप नेपाल राजु अनेरास्वबियुका जिल्ला उपाध्यक्ष सरोज बोहोरा नगर सल्लाहकार ओम बहादुर बस्नेत नेकपा एमालेका नेता दामोदर सापकोटा लगाएतका ब्यक्तीहरुले आआफ्नो भनाइ राख्दै नेकपा एमालेको चुनाब चिन्ह सुर्यमा मतदान गर्न आग्रह गर्नु भएको थियो । कलाकार सुर्य मणी आचार्य र सुनिता सोरेनको प्रस्तुतीले सहभागीलाइ मनोरन्जन दिलाएको थियो भने डडुवाको सामुदायकभवनमा भएको कार्यक्रमको सञ्चालन नेकपा एमालेका वडा कमीटी सचिब हरी कुमार पौडेलले गर्नु भएको थियो । नेकपा एमाले १४ नं वडा कमिटीले गरेको अगुवा कार्यकार्ता भेलामा नेकपा माओबादी परित्याग गरि नेकपा एमालेमा प्रबेस गरेका कार्यकर्ताहरुलाइ स्वागत समेत गरिएको थियो ।
