सम्पर्क

ब्रेकिङ न्युज १

एम्बुलेन्स दुर्घटना हुदाँ एक वृद्धको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको खाडिचौर जिरी सडकखण्ड अन्तर्गत पर्ने सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ । बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएको खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सडकबाट दुई मिटर तल झरेको थियो ।...

बहुमुखी क्याम्पस चौताराले गर्यो बधाई कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपालचोक जिल्लाको सदरमुकाम स्थित चौतारा बहुमुखी क्याम्पसले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चौतारा सानँगाचोकगढी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई बुधबार चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गर्नु भयो । सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप बिकास गर्नका लागि बृहत् छलफल र अन्तर्कृया कार्यक्रम गरि एउटा निष्कर्षमा शैक्षिक अभियान सन्चालन गर्ने आफ्नो योजना रहेको भन्दैे छलफल का...

सरकारको नीति तथा कार्यक्रम दिवा खाजा कक्षा ८ सम्म लाइ

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्मासरकारको नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको छ । निती तथा कार्यक्रममा दिवा खाजा विस्तारसहित विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ । नीति तथा कार्यक्रममा शिक्षामा प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, विज्ञान गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख गरिएको छ ।नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८० विश्वविद्यालयलाई राष्ट्रिय महत्वका आधारमा व...

त्रिपुरासुन्दरीको पहीलो प्रथमिकता शुल्क मिनाह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालिकाको पहीलो लोकप्रिय काम भनेको सर्बसाधरण नागरिकले अनाबश्यक तिर्न पर्ने शुल्क मिनाह गर्ने निर्णय गरेर नव निर्बाचित पदाधिकारीहरुको कार्य शुभारम्भ गरेको छ । गाउँपालिका प्रमुख भक्त ध्वज बोहोराले पद भार ग्रहण गर्दै सिफारिसहरुमा लाग्ने शुल्क निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जानकारी दिनु भयो । उँहाका अनुसार पञ्जीकरण,ब्यक्तीगत घटना दर्ता समय सिम३५दिन भित्र दर्ता हुन आएमा निशुल्क रहेको र अन्य शुलक हरुमा मालपोत बाहेकका सबै खाले सिफारिसमा लिइदै आएको शुल्क निशुल्क गर्ने अध्यक्ष ज्युको निर्णय भएकाले सबै वडाहरुलाइ सोही अनुसार शुलक नलीन पत्रचार गरिसकीएको समेत कुइकेलले जानकारी दिनु भयो । नेपाली काँग्रेसले निर्बाचन जितेका स्थानहरुमा यसरी अनाबश्यक लिइएको शुल्क हरु हटाउँने पहीलो प्राथमिकतामा परेको छ ।...

नगरप्रमुख बस्नेतद्धारा जनमुखी निर्णय

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सोमबार एक समारोहका बिच पदभार ग्रहण गर्नु हँदै नगरपालिकाको पहलो बैठकबाट नगरमा बहुप्राबिधिक बिद्यालय निर्माण गर्नुका साथै नगर पालीकालाइ दमकल को ब्यस्थागर्ने लगाएत निर्णय सार्वजनिक गर्नु भएको छ सोमबार दिउँसो मेयरनगर प्रमुख बस्नेतले नगरपालिकामा पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेकोे हो ।बस्नेतले आगलागीलाई नियन्त्रण गर्नका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई ...

राप्रपाद्धारा मुल्यबृद्धीको बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल आयल निगमा द्धारा जारी पेट्रोलियम पदार्थमा भउको मुल्य बिरोधमा बिभिन्न राजनिती दलहरुले बिरोध गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी उपभोक्त हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका गर्नु भएको छ । राप्रपाले यस खाले मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको बिज्ञेप्तीमा जनाइएको छ ।...

फेरी बढ्यो पेट्रोल प्रतिलिटर १८०

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।...

सुनकोशी हार्डवेरमा भिषण आगलागी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका –७ खाडिचौर स्थित सुनकोसी हार्डवेरमा भिषण आगलागी हुँदा आगो नियन्त्रणको लागि चौतारा र पाँचखालबाट २ ओटा दमकल जाँदै गरेको समचार प्राप्त भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन आगलागि नियन्त्रणमा स्थानिय सुरक्षा कर्मी र सर्वसाधरणहरु पनि खटिरहेका छन् बिस्तृत बिवरण आउन बाँकि छ ।...

सिन्धुपाल्चोक कांग्रेस ५,माओबादी४, र एमाले ३पालीकामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
२०७९साल बैसाख ३० गते भएको स्थानीय निर्वाचन को १२वटै स्थानीय तहको परिणाम प्राप्त भएको छ । प्राप्त पणिाम अनुसार ५ वटा पालीकामा नेपाली कांग्रेस ४ वटा पालीकामा नेकपा (माओवादी केन्द्र) र ३ वटा पालीकामा नेकपा (एमाले) ले जितेको छ । निर्बाचान आयोग सिन्धुपाल्चोकको अन्तीम जानकारी अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा नगर प्रमुख कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र)ले ११,०७२ मत ल्याइ बिजय हुनु भएको छ । उँहाका प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले) ले ६,७८५ ल्याउँनु भएको थियो भने उपप्रमुख मा सीता थापा (नेकपा (एकीकृत समाजवादी) ले ९,७२६मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)ले ६,८७७ मत ल्याउँनु भएको थियो यसै गरि बाह्रविसे नगरपालिकामा नगर प्रमुखमा बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)ले ७,७२८मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी न...

इन्द्रावतीमा झम्क नेपालद्धारा धन्यबाद

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेको तर्फबाट इन्द्रावती गाँउपालिकाको अध्यक्षमा निर्बाचीत भएपछी नव निर्बाचित अध्यक्ष झम्क नेपालले सबै मतदातालाइ धन्यबाद दिनु भएको छ । उँहाले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका तर्फबाट इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य ध्वजाबाहक उमेद्वारका रुपमा खडा भइ निर्वाचित गराउने आम मतदाताप्रति गौरवका साथ धन्यवाद दिन चाहान्छु भन्नु भएको छ । इन्द्रावतीका जनताको माया, विश्वास, भरोसा र सम्मानप्रति म आभारी छु । उक्त निर्वाचनमा म तथा नेकपा एमाले पार्टीका तर्फबाट उमेद्वार बन्नुभएका गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि साथीहरू सबैलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । इन्द्रावती गाउँपालिकाको रुपान्तरण, विकास, संमृद्धि ...