२०७९साल बैसाख ३० गते भएको स्थानीय निर्वाचन को १२वटै स्थानीय तहको परिणाम प्राप्त भएको छ । प्राप्त पणिाम अनुसार ५ वटा पालीकामा नेपाली कांग्रेस ४ वटा पालीकामा नेकपा (माओवादी केन्द्र) र ३ वटा पालीकामा नेकपा (एमाले) ले जितेको छ ।
निर्बाचान आयोग सिन्धुपाल्चोकको अन्तीम जानकारी अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा नगर प्रमुख कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र)ले ११,०७२ मत ल्याइ बिजय हुनु भएको छ । उँहाका प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले) ले ६,७८५ ल्याउँनु भएको थियो भने उपप्रमुख मा सीता थापा (नेकपा (एकीकृत समाजवादी) ले ९,७२६मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)ले ६,८७७ मत ल्याउँनु भएको थियो यसै गरि बाह्रविसे नगरपालिकामा नगर प्रमुखमा बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)ले ७,७२८मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)ले ५,४३३ल्याउँनु भएको छ भने उपप्रमुखमा मञ्जु तामाङ (नेपाली कांग्रेस)ले ६,९७७ मत ल्याइ बिजय हुनु भएको छ । उँहाकोे
प्रतिद्वन्दी सुशिला पाख्रिन (नेकपा एमाले)ले ५,९९०ल्याउँनु भएको थियो यसै गरि मेलम्ची नगरपालिकामा नगर प्रमुखमा आईतमान तामाङ (नेपाली कांग्रेस)ले ११,२५८मत ल्याइ नगर प्रमुखमा बिजय हुनु भएको छ भने उँहाको प्रतिद्वन्दी बालकृष्ण देउजा (नेकपा एमाले)ले ११,१६५मत ल्याउँनु भएको थियो । यसै गरि उपप्रमुख मा उमा प्रधान (नेकपा एमाले)ले ६,९७७मत ल्याइ बिजय हुनु भएको छ भने प्रतिद्वन्दी कुमारी तामाङ (राप्रपा)ले ५,९९० मत ल्याउँनु भएको थियो । नेपाली काँग्रेसको पकड मानीएको इन्द्रावती गाउँपालिकामा यस पटक नेकपा एमालेले जित हासिल गरेको छ ।
त्याँहा पालीकाको अध्यक्षमा झम्कनाथ नेपाल (नेकपा एमाले)ले ७,१२७ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी विकास लामा (नेपाली कांग्रेस)ले ६,१६८मत ल्याउँनु भएको थियो । यसै गरी
उपाध्यक्षमा शोभना तामाङ (नेकपा एमाले)ले ६,५१३ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी दयाकुमारी मिश्र (नेपाली कांग्रेस)– ६,४६३ ल्याउँनु भएको थियो । यसै गरी बलेफी गाउँपालिकामा अध्यक्षमा गंगाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))ले ४,६६६ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी सुवास तिम िसना (नेपाली कांग्रेस)–ले४,१०५ ल्याउँनु भएको थियो । त्यस्तै उपाध्यक्षमा भने सरु लामा तामाङ (नेपाली कांग्रेस)ले ४,९३४ल्याइ बिजय हुनु भएको छ ।उँहाको प्रतिद्वन्दी सपना थापा (नेकपा एमाले)ले ३,६३३मत ल्याउँनु भएको थियो ।हेलम्बु गाउँपालिका
अध्यक्षमा निमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)ले दोहोर्याउँनु भएको छ उँहाले ५,३८६ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी दावा लामा (नेकपा एमाले)ले ४,६०४ल्याउँनु भएको थियो । त्यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने (नेपाली कांग्रेस)ले ५,२१४ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी गंगा अर्याल (नेकपा एमाले)ले ५,२१४ मत पाउँनु भउको थियो भोटेकोशी गाउँपालिकामा अध्यक्ष पासाङ नुर्पु शेर्पा (नेपाली कांग्रेस)ले २,६०५ मत ल्याएर बिजय हुनु भएको छ। उँहाको प्रतिद्वन्दी अमृत कुमार खड्का (नेकपा एमाले)ले २,० ४८मत पाउँनु भएको थियो । उपाध्यक्षमा दिछेन शेर्पा (नेपाली कांग्रेस)–ले २,७१२ मत ल्याएर बिजय हुनु भएको छ।
उँहाका
प्रतिद्वन्दी सुन्तोलीमाया श्रेष्ठ (नेकपा एमाले)– २,५५३ मत ल्याउँनु भएको थियो । यसै गरी
त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा भक्तध्वज बोहरा (नेपाली कांग्रेस)ले ४,२२९ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी एमाले मेघनाथ पौडेल (नेकपा एमाले)ले ३,२६७मत पाउँनु भएको थियो । यसै गरीउपाध्यक्षमा गीताकुमारी नेपाल (नेपाली कांग्रेस)ले ४,१५६ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी एमाले सविता श्रेष्ठ (नेकपा एमाले)ले ३,८९६ पाउँनु भएको थियो । यसै गरी सुनकोशी गाउँपालिकाको अध्यक्षमा टपिन्द्रप्रसाद तिमसिना (नकपा एमाले)ले ५,९३२ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी श्रवणकुमार जिसी (नेपाली कांग्रेस) ५,८९१मत प्राप्त गर्नु भएको थियो । उँहा यस अघी सोही पालीकाको अध्यक्ष हुनुहुन्थ्यो । यसै गरी उपाध्यक्षमा कान्छी लामा (नेपाली कांग्रेस)ले ५,९०५ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी दुर्गा थापा (नेकपा (माओवादी केन्द्र)ले ४,९७४मत पाउँनु भएको थियो । लिसंखुपाखर गाउँपालिकाको
अध्यक्षमा राजु लामा (नेकपा (माओवादी केन्द्र))ले ३,९२५ मत ल्याएर बिजय हुनु भएको छ। उँहाका
प्रतिद्वन्दी जेठा तामाङ (नेपाली कांग्रेस)ले ३,०१९मत ल्याउँनु भएको थियो । यसै गरी उपाध्यक्षमा मिठूदेवी लामा (नेकपा एमाले)ले ३,२५१ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी राममाया तामाङ (नेकपा (माओवादी केन्द्र)ले ३,१०६मत प्राप्त गर्नु भएको थियो । जुगल गाउँपालिकाको
अध्यक्षमा रेशम स्याङ्बो (नेकपा (माओवादी केन्द्र)ले ५,५०३ मत ल्याएर बिजय हुनु भएको छ। उँहाका
प्रतिद्वन्दी जयबहादुर लामा (नेकपा एमाले)ले ४,३४४ल्याउँनु भएको छ । यसै गरी उपाध्यक्षमा हिमालकुमार श्रेष्ठ (नेपाली कांग्रेस)ले ४,६८९ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी सुनिता थापा लामा (नेकपा एमाले)ले ३,६४९मत ल्याउँनु भउको थियो । यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा पुन टासी लामा (नेकपा एमाले)ले ५,६०८ मत ल्याएर बिजय हुनु भएको छ। उँहाकाप्रतिद्वन्दी दोर्जे तामाङ (नेकपा (माओवादी केन्द्र)ले ४,०४५मत ल्याउँनु भएको थियो यसै गरी
उपाध्यक्षमा पनी सुनिता अधिकारी (नेकपा एमाले)ले ५,७७२ल्याएर दोहोर्याउँनु भएको छ । उँहाको प्रतिद्वन्दी गङ्गा कुमारी चापागाइ नेपाली काँग्रेसले ४३९३मत ल्याउँनसु भएको थियो ।
