नेकपा एमालेको तर्फबाट इन्द्रावती गाँउपालिकाको अध्यक्षमा निर्बाचीत भएपछी नव निर्बाचित अध्यक्ष झम्क नेपालले सबै मतदातालाइ धन्यबाद दिनु भएको छ । उँहाले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका तर्फबाट इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य ध्वजाबाहक उमेद्वारका रुपमा खडा भइ निर्वाचित गराउने आम मतदाताप्रति गौरवका साथ धन्यवाद दिन चाहान्छु भन्नु भएको छ । इन्द्रावतीका जनताको माया, विश्वास, भरोसा र सम्मानप्रति म आभारी छु ।
उक्त निर्वाचनमा म तथा नेकपा एमाले पार्टीका तर्फबाट उमेद्वार बन्नुभएका गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि साथीहरू सबैलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । इन्द्रावती गाउँपालिकाको रुपान्तरण, विकास, संमृद्धि र सत्कर्मको साझा संकल्पमा सबैसंग सहकार्य र हातेमालो गरेर अघि बढ्नेमा प्रतिबद्धता व्यक्त गर्दछु । म तथा नेकपा एमालेलाई आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउँनुहुने इन्द्रावतीका सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै यश निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न अहोरात्र मिहिनेत गर्नुहुने ४ वटै सुरक्षा अंग, निर्वाचनमा खटिएका राष्ट्र सेवक कर्मचारी साथीहरू, सबै राजनीतिक दल र दलका तर्फबाट प्रतिस्पर्धामा उत्रिएका सबै प्रतिस्पर्धी मित्रहरू, सकारात्मक सुचना सप्रेषण गर्नुहुने पत्रकार, निर्वाचनको माहौलमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु सबैलाई हार्दिक आभार एवं धन्यवाद । पार्टीको निर्वाचन अभियानमा अहोरात्र खटिनुभएका पार्टी नेता तथा कार्यकर्ताहरु, निर्वाचन परिचालन कमिटी, किसान, महिला, युवा, विद्यार्थी, बुद्धिजीवी,शिक्षक मजदुर, उत्पीडित समुदाय, पेशा व्यवसायी, उद्योगी लगायत सबै सबैलाई अन्तर हृदयबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्दै इन्द्रावतीको नेतृत्वलाई सदैव सकारात्मक सल्लाह, सुझाव, हौसला र स्वच्छ आलोचना मार्फत सहयोग पुर्याउनु हुनेछ भन्नेमा विश्वास्त छु । आउँनुस् हातेमालो र सहकार्य गरौं, सुन्दर, संमृद्ध र मनोरम इन्द्रावती बनाउन सबै जुटौं उँहाले आफनो सामाजिक सञ्जाल मार्फत यस्तो भन्नु भएको हो ।
