सम्पर्क

नगरवासीको स्वास्थ्य बिमा, गरिब एवं जेहेन्दारलाई निशुल्क शिक्षा, तलब भत्ता नलिने घोषणा

सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रिय कार्यक्रमको घोषणका साथै शुक्रबार नै कार्यभार सम्हालेको समाचार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार पदभार ग्रहण गरि नगरवासीको स्वास्थ्यबिमा गर्ने नीतिगत निर्णय गर्नु भएको छ । त्यसै गरि मेलम्ची नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख आइतमान तामाङले नगर भित्रकागरिब एवं जेहेन्दार ५ जनाविद्यार्थीहरूलाई नगर भित्रको प्राविधिक विद्यालयमा नगरपालिकाको खर्चमा ईन्जिनियरिङ डिप्लोमासम्म निशुल्क पढाउने निर्णय गर्नु भएको छ । उँहाले २ जना विद्यार्थीहरूलाई कृषि प्राविधिक शिक्षा अध्ययनमा निशुल्क गर्नुका साथै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी हुने महिलाको लागि नगरपालिका भित्रको बर्थिङ सेन्टरसम्म जाने आउने एम्बुलेन्स खर्च र काठमाडौं रिफर गरेको खण्डमा काठमाडौसम्म जाने एम्बुलेन्स खर्च नगरपालिकाबाट बेहोर्ने निर्णय समेत गर्नु भएको छ । यसै गरी जुगल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रेशम स्याङ्बोले राजनैतिक आन्दोलनका सहिद तथा घाइते र अतिबिपन्न परिवारको अनिवार्य जिवन बिमा गर्ने निर्णय गर्नु भएको छ । सुरुवात देखि नै नागरिकको शासक हैन सेवकबनेर कामगर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताई दिएकोले आफु नागरिक प्रति सधै बफादार रहने बताउँनु भयो ।