सम्पर्क

त्रिपुरासुन्दरीको पहीलो प्रथमिकता शुल्क मिनाह

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालिकाको पहीलो लोकप्रिय काम भनेको सर्बसाधरण नागरिकले अनाबश्यक तिर्न पर्ने शुल्क मिनाह गर्ने निर्णय गरेर नव निर्बाचित पदाधिकारीहरुको कार्य शुभारम्भ गरेको छ । गाउँपालिका प्रमुख भक्त ध्वज बोहोराले पद भार ग्रहण गर्दै सिफारिसहरुमा लाग्ने शुल्क निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जानकारी दिनु भयो । उँहाका अनुसार पञ्जीकरण,ब्यक्तीगत घटना दर्ता समय सिम३५दिन भित्र दर्ता हुन आएमा निशुल्क रहेको र अन्य शुलक हरुमा मालपोत बाहेकका सबै खाले सिफारिसमा लिइदै आएको शुल्क निशुल्क गर्ने अध्यक्ष ज्युको निर्णय भएकाले सबै वडाहरुलाइ सोही अनुसार शुलक नलीन पत्रचार गरिसकीएको समेत कुइकेलले जानकारी दिनु भयो । नेपाली काँग्रेसले निर्बाचन जितेका स्थानहरुमा यसरी अनाबश्यक लिइएको शुल्क हरु हटाउँने पहीलो प्राथमिकतामा परेको छ ।