पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले अध्यक्ष लामाले घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरि सुन्यमा झार्ने, एक घर एक धारा र एक घर एक महिला उद्यमी कार्यक्रम संञ्चालन गर्ने निणर्य गर्नुभएको छ । गाउँपालिकामा उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई लामाले सपथ गराउनुभयो ।वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा दोस्रो कार्यकालमा क्रमश ः टासी लामा र सुनिता अधिकारी नेकपा एमालेको तर्फबाट विजयी हुनुभएको थियो ।
निर्वाचनमा ६ वटा वडामा एमाले, एक वडामा राप्रपा र एकमा काँग्रेसले जितेको थियो ।पदभार ग्रहण गर्दै अध्यक्ष लामाले घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरि सुन्यमा झार्ने, एक घर एक धारा र एक घर एक महिला उद्यमी कार्यक्रम संञ्चालन गर्ने निणर्य गर्नुभएको हो ।
यसै गरी उपाध्यक्ष अधिकारीले जेहेन्दार विद्यार्थीलाई एम।बि।बि।एस। र पाइलट जस्ता विषयमा छात्रवृति, ७० बर्ष माथिका जेष्ठ नागरिक, अपांग, एकल महिला, सुत्केरी र अति विपन्नलाई निशुल्क एम्बुलेन्सको व्यवस्था, पालिकामा निशुल्क भुसेवा संञ्चालन, नांगो विजुलीतार हटाई केबलतार राख्ने निणर्य गर्नुभयो ।
