सम्पर्क

चौतारा साँगाचोकगढी १४ का वडा अध्यक्ष नेपालद्धारा पदभार ग्रहण

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का नबनिर्बाचित वडा अध्यक्ष उद्धव नेपालले पदभार ग्रहण गर्नुभएको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट लोकप्रिय मत ल्याएर वडा अध्यक्षमा निर्वाचित नेपालले सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै उहाँले जनताबाट प्राप्त मतको सम्मान गर्दै आगमि दिनमा निष्पक्ष रुपमा वडाका विकासका लागि जनपक्षिय ढङ्गले काम र्ने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।