राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्मासरकारको नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको छ । निती तथा कार्यक्रममा दिवा खाजा विस्तारसहित विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ ।
नीति तथा कार्यक्रममा शिक्षामा प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, विज्ञान गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख गरिएको छ ।नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०
विश्वविद्यालयलाई राष्ट्रिय महत्वका आधारमा विश्वविद्यालयलाई प्राथमिकीकरण गर्ने, विश्वविद्यालयले अध्ययन अनुसन्धान गरेर सरकारलाई रायसल्लाह दिने वातावरणको विकास गर्ने, विश्वविद्यालयलाई रोजगारीको आधारमा मूल्याङ्कन गरेर अनुदान उपलब्ध गराउने, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण हुने गरी शिक्षालयको स्थापना गर्ने, प्रत्येक प्रदेशमा दुईवटा मेडिकल कलेजको स्थापना गर्ने वातावरण बनाउने, खेलकुद विश्वविद्यालयको स्थापना गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
