पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार प्रेस विज्ञप्ति जारी गरी उपभोक्त हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका हुन् । राप्रपाले श्रृंखलाबद्ध रुपमा मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो । सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोल लिटरको १ सय ८० रुपैयाँ पुगेको छ । ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पु¥याइएको छ ।
