चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का नबनिर्बाचित वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै तमाङले जनताको भावनालाई पहिलो प्राथमिकता दिदै सेवा प्रवाह गरिने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।
