सिन्धुपालचोक जिल्लाको सदरमुकाम स्थित चौतारा बहुमुखी क्याम्पसले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चौतारा सानँगाचोकगढी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई बुधबार चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गर्नु भयो ।
सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप बिकास गर्नका लागि बृहत् छलफल र अन्तर्कृया कार्यक्रम गरि एउटा निष्कर्षमा शैक्षिक अभियान सन्चालन गर्ने आफ्नो योजना रहेको भन्दैे छलफल कार्यक्रममा सबैको सहभागिता रहने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा उपप्रमुख सीता थापाले शैक्षिक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको बिकास निष्कर्षबिहीन र अधुरो हुने बताउँनु भयो । उँहाले साझेदरी मार्फत शैक्षिक समुन्नतिका लागि नगरपालिका सधैं तत्पर रहने त्यसका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । त्यस्तै ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठले निर्वाचन अघी आफुले गरेका प्रतिबद्धता हरुलाइ पुरा गर्दै शिक्षाको बिकासमा लागी पर्ने बताउँनु भयो, यसै गरि वडा न ८ का वडा अध्यक्ष अमृत दंगालले शिक्षको बिकास भए मात्र अरु बिकास गर्न सहज हुने हँुदा शिक्षाको बिकासका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो यसै गरी, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले क्याम्पसको चौतर्फी बिकासका लागि आफूहरु सधैं गम्भीर भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गर्नु भयो । चौतारा क्याम्पस, सञ्चालक समितिका निवर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठले सिन्धुपाल्चोकलाई शैक्षिक समृद्धिमा रुपान्तरण गर्नका लागि चौतारा क्याम्पसले खेलेको भूमिकामाथी प्रकाश पार्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुभयो । सञ्चालक समितिका सदस्य श्यामकृष्ण श्रेष्ठले बिद्यालय अनुदान वृद्धि गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा क्याम्पसका बारेमा जानकारी दिदै क्याम्पस प्रमुख नेगेन्द्रप्रसाद दंगालले क्याम्पस सञ्चालनमा जनप्रतिनिधी ,अभिभावक, शिक्षक, बिद्यार्थी बिच नङ र मासुको सम्बन्ध रहेकाले सोही अनुसार गरिने बताउँनु भयो । उँहाले सिन्धसपाल्चोकमा सञ्चालन भई रहेका १२ वटा क्याम्पस मध्यल यो क्याम्पसले अभिभावकिय भुमिका निर्वाह गरिरहेको बताउनु भयो । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य क्याम्पस सञ्चालक समितीका खिल बहादुर श्रेष्ठले राख्नु भएको थियो ।
