सम्पर्क

एम्बुलेन्स दुर्घटना हुदाँ एक वृद्धको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको खाडिचौर जिरी सडकखण्ड अन्तर्गत पर्ने सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ । बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएको खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सडकबाट दुई मिटर तल झरेको थियो ।