सम्पर्क

निमफुञ्जो शेर्पाद्धारा नेकपा एमालेको पद त्याग

नेकपा एमालेका बागमती प्रदेस कमिटीका सदस्य निमफुञ्जो शेर्पाद्धारा उक्त पदबाट राजिनामा दिनु भएको छ । बाह्र्बिसे नगरपालिकाका पुर्ब नगर प्रमुखले निर्बाचनमा पाटप्ले सहयोग नगरेको भन्दै आफ्नै सामाजिक सञ्वाल मार्फत पदबाट राजिनामा दिनु भएको जनाउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लाको राजनीतिक ईतिहासमा विगत ३ दशक अघि देखि नेकपा(एमाले)बाट राजनीति गर्दै आएँ । बाह्रबिसे नगरपालिकाको एउटा दुर्गम गाउँ मान्द्रामा जन्मिएर मेरा दाजु तथा एमालेका जनजाती नेता निमपासाङ शेर्पाको क ईतिहासलाई कायम राख्दै र उहाँको सपनालाई पुरा गर्न राजनीतिमा निरन्तर लागे । त्यसबेला मैले पार्टीसंग कुनै पद र हिस्सा मागिन । मेरो त्यहि योगदान र लगानीलाई मूल्याङ्कन गरेर गत स्थानीय तहको निर्वाचनमा पार्टीले मलाई टिकट प्रदान ग¥यो । कांग्रेसको दवदवा रहेको बाह्रबिसे जस्तो ठाउँमा चुनाव जित्ने कुरा चानचुने थिएन । तर मेरो टिम र सिङ्गो पार्टीको सहयोगमा निर्वाचन हामीले जित्न सफल भयौं । सोही अनुसार विगत ५ वर्षको बीचमा बाह्रबिसेमा नेकपा(एमाले) बजबुत बन्यो । ताकी बाह्रबिसे नगर भित्र एमालेको संगठनमा फुटको कुनै असर परेन ।
दोस्रो स्थानीय तह २०७९ को स्थानीय तहको निर्वाचनमा समेत पार्टीले हामी मेयर उपमेयर दुवैलाई पुन ः टिकट दिएर मैदानमा पठायो । तर हाम्रो आफ्नै कमजोरीको कारण हार व्यहोर्न वाध्य भयौं । किनकी हामीले हार्न सकिने कुनै कारण थिएन । बरु पार्टी भित्रैका साथीहरुले गरेको बेईमानी र असयोगका कारण परिणाम भिन्न आयो । जुन तथ्य र कारण सहित म उल्लेख गर्न चाहान्छु । वडा नम्बर ९ राम्चेमा प्रदेश कमिटिमा ५ जना नेताहरु छन् । त्यस्तै जिल्ला कमिटिमा ४ जना साथीहरु छन् भने नगर कमिटिमा सचिव नै हुनुहुन्छ । तर यति धेरै नेताहरुको यो पंक्तिले आवश्यक परेको बेलामा खासै काम केही पनि नगर्दाे रहेछ भन्ने मेरो बुझाई छ । मलाई हराउन राम्चेमै १ सय ६३ मत मलाई मात्र नहालेको देखियो । यसले पनि के पुष्टी गर्छ भने केन्द्रीय लगाएत प्रदेश तथा जिल्ला नेताहरुले केही गर्न सक्नु हँुदो रैनछ भन्ने मेरो ठम्याई हो । जिल्ला ईन्चार्ज तथा अध्यक्ष लगाएत जिल्लाका नेताहरुको समेत भूमिका विहिन रह्यो । म पार्टीको प्रदेश कमिटिमा रहेको पनि निकै समय भयो तर यो कार्यकारी होईन रहेछ । पार्टीको काममा यिनीहरुको भूमिका नहुँदो रहेछ । यो अर्थमा मैले राजिनामा दिएको हुँ । जे गर्दा पनि हुने यस्तो कमिटिमा बस्नु औचित्य नभएको हुनाले मैले आजकै मितिबाट बागमति प्रदेश कमिटिबाट राजिनामा दिएको घोषणा गर्दछु । यसबाट आम सिन्धुबासी तथा बाह्रबिसे नगरबासीहरुलाई धन्यवाद समेत व्यक्त गर्दछु । भनी लेख्नु भएको छ ।