सम्पर्क

नगरप्रमुख बस्नेतद्धारा जनमुखी निर्णय

सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सोमबार एक समारोहका बिच पदभार ग्रहण गर्नु हँदै नगरपालिकाको पहलो बैठकबाट नगरमा बहुप्राबिधिक बिद्यालय निर्माण गर्नुका साथै नगर पालीकालाइ दमकल को ब्यस्थागर्ने लगाएत निर्णय सार्वजनिक गर्नु भएको छ

सोमबार दिउँसो मेयरनगर प्रमुख बस्नेतले नगरपालिकामा पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेकोे हो ।बस्नेतले आगलागीलाई नियन्त्रण गर्नका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई बिशेष प्राथमिकतामा राखेर पकेट क्षेत्र घोषणा गर्ने, अनुदान, भण्डारण, प्रशोधन र बजार ब्यबस्थापन प्रबन्ध गर्ने, बिभिन्न क्षेत्र परिचालनका माध्यमबाट नगरबासीलाई रोजगार र आत्मनिर्भर बनाउन मेयर बस्नेतले लिखित निर्णय गर्नु भएको छ । यो सँगै नगर पालिकाको उप प्रमुख मन्जु तामाङ्ग र वडाअध्यक्षहरुलाइ पनी सोमबारै सपथ खुवाउँदै जनताका समस्या हल गर्नु पहीलो प्रथमिकता भएको बताउँनु भयो । उँहाले जनमतको कदर गरेर हर समय नागरिक सेवामा लाग्न वडा अध्यक्ष सदस्यहरुलाइ अनुरोध समेत गर्नु भयो । उँहाले बाह्र्बिसे नगरपालिकालाइ नमुना बनाउँन सबै लागी पर्नु पर्ने त्यसका लागी आफुलो ठोस कार्यक्रम ल्याउँने बताउँनु भयो । पदभार सम्माहल्दै उप प्रमुख तामाङ्गले नगरका नागरिक सबै आफन्त भउकाले कोही टाढा कोही नजीक नहुने हुँदा सबैलाइ समान ब्यवहार गरिने बताउँनु भयो ।