सम्पर्क

६० वर्ष नाघेका विदुरलाइ इन्द्रावतीमा भत्ता

 

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नेपालले पदभार ग्रहण गरेसँगैे ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यत्त गर्नुभएको छ । जिल्ला न्यायधिस समक्ष शपथ ग्रहण गरे लगत्तै अध्यक्ष नेपालले गाउँपालिकामा पदभार ग्रहण गर्नुभएको हो ।

नवनिर्वाचित अध्यक्ष नेपाललाई निवर्तमान अध्यक्ष बंशलाल तामाङसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण गरेसँगै अध्यक्ष नेपालले ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यत्त गर्नुभएको हो । अहिले इन्द्रावतीको मेघा बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको इन्द्रावती गाउँपालिकामा अध्यक्ष नेपालले वडा वडामा र्पुयाउने प्रतिबद्धता ब्यत्त गर्नुभयो । उहाँले मोतीबिन्दु भएका नागरिकका लागि एकतर्फी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने बताउनुभयो । ६५ वर्षमाथिका आर्थिक स्थिति कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गराउने उहाँले बताउनुभयो ।