सम्पर्क

ब्रेकिङ न्युज १

बर्षाका कारण जनजिवन कष्टकर सर्तकता अपनाउँन सबैमा आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
हिजो राती देखी परिरहेको अबीरल बर्षका कारण जनजिवन प्रभावीत भएकोछ । ठाँउठाँउमा पहीरो जाने क्रम बढेको छ भने खोलामा बाढी आइरहेको छ । यस अबस्थामा सतर्कता अपनाउँन मौसम बिदले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जिल्लाका केही भागमा पहीरो गएको र जल तथा मौसम विभागका अनुसार यो वर्षा आज दिउँसो करिब ३सम्म रहने र तत पश्चात मौसम क्रमशः सफा हुने भएको हुँदा आवश्यक सतर्कता अपनाउनु अनरोध भएको जानकारी गराउँदै सतर्कता रहन हुन सबैमा अनुरोध गर्नु भएको छ ।बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ त्यसैले सबै चनाखो हुन जरुरी रहेको खनालले बताउँनु भयो । मेलम्ची नदीमा बाढी आएको छ । तालामाराङ्मा सडक अबरुद्ध छ । तिपेनीमा सडकको डिल झरेर साँधुरो भएको छ । अन्यत्र पनि धेरै ठाउँमा प्रभाव परेको छ । बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ । मेलम्ची नदीमा बाढी आ...

तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
    नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन। आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर...

सिन्धुबासीको विश्वास र भरोसालाई धोका नहुने सभामुखको भनाइ

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
चौतारा, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकले आफुलाइ राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाएको छ, सिन्धुबासीको विश्वास र भरोसालाई आफुबाट कुनै पनी हालतमा धोका नहुने बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्यापसको २२ औ बार्षिक उत्सवको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अवसरमा आवसरमा आयोजित कार्यक्रम लाइ समबोधन गर्दै सभामुख सापकोटाले भन्नुभयोे, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । यो पदमा पुर्याउँने मुख्य ढोका सिन्धुपाल्चोक भएको र चौतारा बहुमुखी क्याम्पस पनी त्यही ढोका भएको महशुस आफुले गरेको बताउँदै शिक्षा बिकासका लागी क्याम्पसको स्तर उन्नतीमा के गर्न सकिन्छ आफ्नो तर्फबाट गर्ने बताउँनु भयो ।उँहाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भएको र संसदले गती लिएको बताउनु हँदैे पुनःस्थापित सदनबाट नै विभिन्न विधयक पास हुदै ...

खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति गर्नआग्रह

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख सँग समितीका पदाधिकारी हरुको भेटका अबशरमा मेलम्ची नगरपालिकाले यस्तो आग्रह गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । उँहाले बिभिन्न समयमा भएक...

बागमती प्रदेश प्रहरीको बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आइतबार आयोजित एक कार्यक्रमका वीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौता मुल्याङकनको बारेमा तथा चालु आ.व. २०७९।०८० को सम्झौताको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गत आव.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय चितवन सर्वोकृष्ठ भएको थियो, जिल्ला ...

(समाजवादी)सिन्धुपाल्चोकले मनायो तीज विशेष कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  सम्झना कार्की,  अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको विस्तारित बैठक तथा तीज विशेष कार्यक्रम चौतारामा आईतबार तीजको शुभकामना साट्दै नाचगान सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बिस्तारित बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी केन्द्रिय सदस्य, अ. ने.म. संघको प्रदेश अध्यक्ष सांसद मुनु सिग्देलले तिजको शुभकामना राख्दै महिला अधिकार सुनिश्चितका लागि महिलानै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली परम्परानै पुरुषले मात्र हरेक काममा अगाडि जानुपर्छ भन्ने सोचाइ रहेकाले अब त्यो अबस्था तोड्न महिला नै अगाडी आउनु पर्ने बताउनुभयोे । ‘ विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन ’ उहाले भन्नुभयो , ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न लाग्नुपर्छ । ’ यस्तै चौतारा सागाचोकगढी नगरपालिका उपमेयर सिता थापाले हिन्दु नारीहरुको मह...

काँग्रेसद्धारा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भाद्र ५, २०७९ मा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललिपुरमा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य श्री प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ । यसका साथै तिनदिन सम्मपाटीको झण्डा झुकाउँनेनिर्णय गरेको छ । त्यसै गरी (१) समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य बहुआयामिक व्यक्तित्व श्री प्रदिप गिरीको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा २०७९ भाद्र ४ गते राति ९ः३० बजे भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ । पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं....

सिन्धु १मा बस्नेत हुनु पर्ने कार्यकर्ताको माग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभमा गठबन्धनको तर्फबाट उम्मेद्धार कसलाइ बनाउँने भन्ने टुङ्गो लागी सकेको अबस्था छैन । मंसिर ४ गते हुने संसदीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु बढाएका छन् । दलहरुका सम्भावित उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेक्रम जारी छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसकेका छन् ।यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितको पाँच दलीय गठबन्धन र नेकपा एमालेको साना दलहरुसहितको गठबन्धन बीच चुनावी प्रतिष्पर्धा हुने लगभग पक्का जस्तै छ । पाँच दलीय गठबन्धनले सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल बनाएर काम शुरु गरिसकेको छ । सिटको बाँडफाँटको मोडालिटी जस्तोसुकै बने पनि गठबन्धनका कारण धेरै जना उम्मेदवारका आकांक्षीहरुले टिकट नपाउने पनि पक्का पक्की ...

पूर्व नगर प्रमुख अमानसिं तामाङद्धारा नेकपा माओवादी केन्द्र परित्याग एमालेमा प्रबेशको तैयारी

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व नगर प्रमुख अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गर्नु भएको छ । लामो समय सम्म माओबादीमा रहेर काम गर्नु भएको तामाङ्गले यस अघी २०७४को निर्बाचनमा माअ‍ेबादी केन्द्र बाट चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख पदमा अत्याधिक मत ल्याएर बिजय बन्नु भइ नगर प्रमुखको जिम्मेवारी बहन गर्नु भएको थियो । उँहाको कार्यकालमा नगर पालिकाकमा कुनै पनी पक्षपात नभएको र वास्तविक नगर अभिभावकको भुमिका निर्वाह गरेको नगरबासीको भनाइ रहेको छ । नगरले माओबादीकै तर्फबाट कृष्ण प्रसाद सापकोटालाइ नगर प्रमुखमा निर्वाचित गरे पनी निर्वाचित हुने बित्तीक्के गरेका कार्यहरु बिबादीत भएको समाचार समेत बाहीर आएको अबस्थामा तामाङ्गले पाटी छाडेको घोषणा गर्नु भएको हो । पुर्ब नगर प्रमुख तामाङ्गले पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप...

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा...