बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आइतबार आयोजित एक कार्यक्रमका वीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौता मुल्याङकनको बारेमा तथा चालु आ.व. २०७९।०८० को सम्झौताको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गत आव.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय चितवन सर्वोकृष्ठ भएको थियो, जिल्ला बाहेक अन्य कार्यालय तर्फ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीलाई सम्मान गरिएको थियो भने सम्झौताको कार्यान्वयनमा सक्रियता देखाउने जिल्ला प्रहरी कार्यालय रामेछाप समेतलाई प्रदेश प्रहरी प्रमुखबाट प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।
चालु आ.व. को लागि बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुख ले कार्यसम्पादन सम्झौता गर्नु भएको हो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३४ वटा, ट्राफिकको लागि २२ र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ ।
कार्यक्रममा मातहत प्रहरी प्रमुखहरुले श्रावण महिनाको तुलनात्मक समग्र कार्यसम्पादनको बारेमा प्रस्तुति गर्नुभएको थियो भने सोही अवसरमा प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले आइतबार गरिएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने, आसन्न संघीय एवं प्रदेश सभा निर्वाचन सुरक्षा योजना सहित तयारीका कार्यहरु गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिनुभएको प्रबक्ता सुचना अधिकारी प्रहरी बरिगठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनु भयो ।
