सम्पर्क

खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति गर्नआग्रह

मेलम्ची खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख सँग समितीका पदाधिकारी हरुको भेटका अबशरमा मेलम्ची नगरपालिकाले यस्तो आग्रह गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । उँहाले बिभिन्न समयमा भएको बर्षदका कारण क्षेती भएका सडकर अतीआबश्यक सडकहरुमा कालोपत्र गरिदिन नगरपालिकाका प्रमुखले गर्नु भएको आग्रहलाइ आफुले सकारात्मक रुपमा लिएको र यसका लागी आफ्नो तर्फबाट हुन सक्ने पहल गर्ने बताउँनु भयो ।